युक्रेनका सेनालाई आत्मसमर्पण गर्न पुटिनको आग्रह



हाम्रो इकोनोमि

 

 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन कब्जा गर्ने योजना नभएको दाबी गरेका छन् । युक्रेनमा सैन्य कारबाहीको घोषणा गरेका पुटिनले युक्रेन कब्जा गर्ने योजना भने नभएको बताएका हुन् ।

आज बिहान टेलिभिजन सम्बोधन गर्दै उनले युक्रेनका सैनिकलाई आत्मसमर्पण गर्न भनेका छन् । साथै उनले युक्रेनका जनताले आफ्नो देश कसले चलाउने भन्ने कुरा आफैं चुन्न सक्ने बताएका हुन् । न्याय र सत्य रुससँग रहेको दाबी गर्दै पुटिनले पूर्वी युक्रेनमा तैनाथ सैनिकहरूलाई भनेका छन्- हतियारहरु फ्याँक र आफ्नो घर फर्क ।

उनले चेतावनीको शैलीमा भनेका छन् यदि कसैले रुसलाई कारबाही गर्छ भने मस्कोले प्रतिक्रिया दिन ढिलाइ गर्नेछैन । उनले यो कारबाही आत्मरक्षाका लागि हुने पनि बताए ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...