शान्ति शन्देश फैल्याउने बौद्ध भिच्छुलाई सबैले सम्मान गर्नु पर्छ : मन्त्री आले



हाम्रो इकोनोमि

 

 

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले देश बिदेशमा शान्ति शन्देश फैलाउनका लागि बौद्ध भिच्छुहरुको अतुलनीय योगदान रहेको बताउनु भएको छ । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भिच्छुद्धारा आयोजना गरिएको विश्व शान्ति प्रणिधान पुजा कार्यक्रलाई समबोधन गर्नु हुँदै मन्त्री आलेले हाम्रो देश नेपाल सहित विश्वमा शान्ति फैलियो भनेर बौद्ध भिच्छुहरुले सधै कामना सहित पूजा आजा गर्नु भएको र बुद्धलाई चिनाउने बौद्ध भिच्छु भएकाले उहाँहरुलाई सबैले सम्मान गर्नु पर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “भारतले बुद्ध भारतमा जन्मेका हुन् भनेको थियो तर हाम्रा बौद्ध भिचछुहरुले बुद्ध नेपालमै जन्मिएका हुन भनेर देश बिदेशमा प्रिचार प्रशार गरेका कारण अहिले भारतले पनि बुद्ध नेपालमै जन्मिएका हुन भन्ने भान भएको छ, यो योगदानका लागि बौद्ध भिच्छु तथा धर्मावलम्बीलाई धन्यबाद दिन चाहन्छु ।” लुम्बिनीमा पूजाआजाका लागि आउने बौद्ध भिच्छुहरुलाई सुरक्षाकर्मी, आन्तरिक कर्मचारीहरुबाट अभद्र व्यवहार हुने गरेको गुनासो आएपछि मन्त्री आलेले भिच्छुहरुलाई अभद्र व्यवहार नगर्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “शान्तिको देश नेपाल भनेर चिनाउने बौद्ध गुरुहरुलाई अभद्र व्यवहार नहोस, अभद्र व्यवहार गरेको सहिय हुने छैन, बौद्ध गुरुहरुलाई सम्मान गर्न म निर्देशन दिन्छु ।”

यसैगरी मन्त्री आलेले लम्बिनी क्षेत्रको विकासका लागि आफुले र मन्त्रालयका तर्फबाट गर्न सक्ने सक्दो सहयोग गर्ने आश्वासन समेत दिनुभयो । लुम्बिनीको विकास गर्न सके यहाँ हजारौँ, लाखौँ पर्यटकहरु भित्रयाउन सकिने भएकाले यहाँको विकासका लागि कुनै कमि नहुने समत मन्त्री आलेले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रेम आले नागरिक प्रति गद्दारी गर्ने छैन, विकास गर्ने छ, गलत गर्नेलाई कुनै हालतमा पनि छोड्ने छैन् ।” सोही कार्यक्रममा बोल्नु हुँदै मन्त्री आलेले आफु मन्त्री भएर आएपछि क्यासिनो सञ्चालन गरेर सोयल्टी नतिर्ने विभिन्न क्यासिनो तथा होटलहरुलाई कारवाहि गरेको र वर्षौ सम्म पनि सरकारलाई तिर्न बाँकी राखेको रोयल्टी तिराएको दाबी गर्नुभयो । विमल विष्ट

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...