शान्ति शन्देश फैल्याउने बौद्ध भिच्छुलाई सबैले सम्मान गर्नु पर्छ : मन्त्री आले



हाम्रो इकोनोमि

 

 

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले देश बिदेशमा शान्ति शन्देश फैलाउनका लागि बौद्ध भिच्छुहरुको अतुलनीय योगदान रहेको बताउनु भएको छ । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भिच्छुद्धारा आयोजना गरिएको विश्व शान्ति प्रणिधान पुजा कार्यक्रलाई समबोधन गर्नु हुँदै मन्त्री आलेले हाम्रो देश नेपाल सहित विश्वमा शान्ति फैलियो भनेर बौद्ध भिच्छुहरुले सधै कामना सहित पूजा आजा गर्नु भएको र बुद्धलाई चिनाउने बौद्ध भिच्छु भएकाले उहाँहरुलाई सबैले सम्मान गर्नु पर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “भारतले बुद्ध भारतमा जन्मेका हुन् भनेको थियो तर हाम्रा बौद्ध भिचछुहरुले बुद्ध नेपालमै जन्मिएका हुन भनेर देश बिदेशमा प्रिचार प्रशार गरेका कारण अहिले भारतले पनि बुद्ध नेपालमै जन्मिएका हुन भन्ने भान भएको छ, यो योगदानका लागि बौद्ध भिच्छु तथा धर्मावलम्बीलाई धन्यबाद दिन चाहन्छु ।” लुम्बिनीमा पूजाआजाका लागि आउने बौद्ध भिच्छुहरुलाई सुरक्षाकर्मी, आन्तरिक कर्मचारीहरुबाट अभद्र व्यवहार हुने गरेको गुनासो आएपछि मन्त्री आलेले भिच्छुहरुलाई अभद्र व्यवहार नगर्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “शान्तिको देश नेपाल भनेर चिनाउने बौद्ध गुरुहरुलाई अभद्र व्यवहार नहोस, अभद्र व्यवहार गरेको सहिय हुने छैन, बौद्ध गुरुहरुलाई सम्मान गर्न म निर्देशन दिन्छु ।”

यसैगरी मन्त्री आलेले लम्बिनी क्षेत्रको विकासका लागि आफुले र मन्त्रालयका तर्फबाट गर्न सक्ने सक्दो सहयोग गर्ने आश्वासन समेत दिनुभयो । लुम्बिनीको विकास गर्न सके यहाँ हजारौँ, लाखौँ पर्यटकहरु भित्रयाउन सकिने भएकाले यहाँको विकासका लागि कुनै कमि नहुने समत मन्त्री आलेले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रेम आले नागरिक प्रति गद्दारी गर्ने छैन, विकास गर्ने छ, गलत गर्नेलाई कुनै हालतमा पनि छोड्ने छैन् ।” सोही कार्यक्रममा बोल्नु हुँदै मन्त्री आलेले आफु मन्त्री भएर आएपछि क्यासिनो सञ्चालन गरेर सोयल्टी नतिर्ने विभिन्न क्यासिनो तथा होटलहरुलाई कारवाहि गरेको र वर्षौ सम्म पनि सरकारलाई तिर्न बाँकी राखेको रोयल्टी तिराएको दाबी गर्नुभयो । विमल विष्ट

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...