पेट्रोलियम पदार्थको मुल्यबृद्धि फिर्ता लिन नेता साहको माग



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री प्रभु साहले जनभावना विपरित पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धि फिर्ता लिन सरकारसंग माग गरेका छन् । जनताले देख्न र महशुस गर्ने गरी विकास र समृद्धिको कार्यक्रम ल्याउन नसकेको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ‘सरकारी लुट आतंक’को संज्ञा दिदै उनले पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धिको विरोध गरेका छन् ।
‘परमादेशी गठबन्धन सरकारले फेरिपनि प्रजातन्त्र दिवसको उपहार स्वरूप आम जनजीवीकासंग सम्बन्धित पेट्रोलियम पदार्थमा समेत चर्को मुल्यबृद्धि गरेकोप्रति घोर विरोध एवं निन्दा गर्दै यथाशीघ्र मुल्यबृद्धि फिर्ता लिन जोडदार माग गर्दछु’ साहले भने । देशमा संविधान र लोकतन्त्र रक्षार्थ समयमा उपनिर्वाचन गराउन नसक्ने, समयमैं थप खोपको समुचित प्रबन्ध मिलाउनुको सट्टा २२ लाख खोप नै लापता पार्ने, जनतालाई मौलिक एवं संवैधानिक हकहरुको पनि प्रत्याभूति दिलाउन नसक्ने आरोप देउवा सरकारमाथि उनले लगाएका छन् ।
‘राष्ट्रिय महत्व एवं गौरवका आयोजनहरु त धेरै परका कुरा भए, अहिले सामान्य रुपमा देश र जनताले देख्न र महशूस गर्न सक्ने गरी कुनैपनि किसिमका विकास र समृद्धिको कार्यक्रम समेत ल्याउन नसक्ने तर जनभावना विपरीत कर, कमिशन (सरकारी लुट आतंक), महंगी, भ्रष्टाचार, दण्डहिनता एवं लम्पसारवाद जस्ता जात्रा देखाउन सरकार सफल रहेको छ’ साहले भने । पछिल्लो समय सरकारले पेट्रोलियम पदार्थमा पटक पटक मुल्यबृद्धि गर्दै आएको छ । जनस्तरबाट मुल्यबृद्धिको विरोध समेत भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...