पेट्रोलियम पदार्थको मूल्य इतिहासकै सवैभन्दा उच्च



हाम्रो इकोनोमि

 

 

सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा आफैले नेतृत्व गर्नुभएको बाणिज्य मन्त्रालय अन्तर्गतको नेपाल आयल निगमले आजबाट लागू हुने गरि पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य बढाएको हो ।

निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रूपैयाँ मुल्य बढाएको छ । निगमका अनुसार अब पेट्रोल प्रतिलिटर १४५ रूपैयाँ पुगेको छ । डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ कायम गरिएको छ । ग्यासमा मूल्य नबढाइएको निगमले जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय बजार मूल्य अनुरूप प्रति लिटर पेट्रोल रु. ५.६१ ले बढेको, डिजेल रु।५.६२ ले बढेको र हवाई इन्धन रु. ४।९५ ले बढेर आएको र यस अनुरूप निगमलाई १५ दिनमा करीब रू। २ अर्ब ४० करोड घाटा हुने अवस्था रहेका कारण मूल्य बढाउन परेको निगमको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...