पर्यटन मन्त्रालयको एक्सनपछि क्यासिनोबाट ७५ करोड रोयल्टी उठ्यो



हाम्रो इकोनोमि

 

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको एक्सनपछि क्यासिनो सञ्चालकहरु धमाधम करको दायरामा आउन थालेका छन् । क्यासिनो तथा आधुनिक मेशिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेल सञ्चालनको लागि इजाजत प्राप्त कम्पनीहरूबाट चालु आर्थिक वर्षको ७ महिनामा मात्र झण्डै साढे ७५ करोड रुपैयाँ राजस्व उठेको छ ।

मन्त्रालयले दिएको सूचना अनुसार हालसम्म देशका विभिन्न स्थानमा सञ्चालित १९ वटा क्यासिनो तथा मिनी क्यासिनोहरुबाट गरी यसै वर्षमा ७५ करोड ४५ लाख रुपैयाँ राजस्व दाखिला भएको हो । साथै, बाँकी १४ करोड २० लाख रुपैयाँ सोही राजस्व प्रयोजनका लागि क्यासिनो सञ्चालकहरुबाट बैंक जमानत प्राप्त भएको समेत मन्त्रालय जानकारी दिएको छ ।

यस्तो राजस्व आर्थिक वर्ष २०७६÷७७ सम्ममा विभिन्न क्यासिनो सञ्चालक कम्पनीहरु मार्फत कुल एक अर्ब ९० करोड ९९ लाख ५५ हजार ९२६ रुपैयाँ ९९ पैसा उठ्नु पर्नेमा ८४ करोड ८४ लाख ४७ हजार ८४८ रुपैयाँ मात्र रोयल्टी शीर्षकमा राजश्व बक्यौता रहेको देखिएपछि कारबाही प्रक्रिया अघि बढाएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...

समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...