फागुन १६ भित्रै एमसीसी अनुमोदन सरकारलाई दवाब



हाम्रो इकोनोमि

 

 

अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) मुख्यालयले फागुन १६ गते (फेब्रुअरी २८) भित्र नै एमसीसी कम्प्याक्ट अनुमोदन हुनुपर्ने बटमलाइन दिएको छ । एमसीसीले संझौता संसोधन कुनै पनि हालतमा नहुने र सो मिति नै अन्तिम हुने अडानसमेत राखेको छ ।

सत्तारुढ दलका नेताहरुले नै संसोधन नभई सम्झौता अनुमोदन हुन नसक्ने अडान राखिरहेको बेला एमसीसीले यस्तो अडान दोहोर्याएको हो । एमसीसी मुख्यालयले बुधबार बेलुका नेपालस्थित एमसीए कार्यालय र दूतावासका अधिकारीसँग भर्चुअल छलफल गरेको थियो ।

उक्त छलफलमा उक्त भर्चुअल छलफलमा एमसीसी उपाध्यक्ष फतिमा सुमार र सह–उपाध्यक्ष जोनथन ब्रुक्स राजदूत र्यान्डी बेरी पनि सहभागी हुनुहुन्थ्यो । उक्त छलफलमा एमसीसीले सम्झौता संसोधन हुन नसक्ने र नेपाली नेताहरुले प्रस्ताव गरेको उक्त मिति नै अन्तिम रहेको स्पष्ट सन्देश दिएको छ ।

छलफलमा उपाध्यक्ष सुमारले एमसीसीलाई पठाइएको पत्र र आफ्नै प्रतिबद्धताको सम्मान नेपाली नेताहरुले गर्ने विश्वास लिएको बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...