जनजातीको हित तथा उत्थानका लागि म कटिबद्ध छु : मन्त्री आले



 

 

माघ २५संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जनजातीको हित तथा उत्थानका लागि आफु सधै कटिबद्ध रहने बताउनु भएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २१ औँ स्थापना दिवसका अवसरमा आज मंगलबार आयोजना गरिएको एक कार्यक्रममा बोल्नु हुँदै मन्त्री आलेले जनजातीको बृद्धि विकास तथा उत्थानका लागि सधै अग्रसर रहने बताउनुभयो । उहाँले भन्नुभयो, “जनजातीको उत्थानका लागि विनियोजन हुने बजेट निकै न्युन हुँदै आएको छ, मेरो मन्त्रालय पनि यस संस्थाको एक अङ्ग भएकाले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्ने छु ।”

नेपालको जनगणना बिसं २०६८ अनुसार जनजातीको सङ्ख्या करिब ३५.२५ प्रतिसत भएको र यत्रो सङ्ख्या ओगटेको जनजातीहरुका लागि विनियोजन हुँने बजेट सारै न्यून भएकाले प्रतिष्ठानलाई माथी उकास्न तथा जनजातीको बृति विकासका लागि भएपनि आफुले सक्ने जती बजेट विनियोजन गर्ने मन्त्री आलेले आश्वासन समेत दिनुभयो । यसैगरी मन्त्री आलेले जनजातीका डकुमेन्ट्री निर्माण, होमस्टे, कला संस्कृतिको जगेर्ना गर्नका लागि कार्यक्रम सहित प्रपोजल ल्याए मन्त्रालय सहयोग र साथ दिन तयार रहेको जानकारी गराउनुभयो ।

 

सोही कार्यक्रममा बोल्नु हुँदै मन्त्री आलेले आफु वन तथा वातावरणमन्त्री भएकाबेला बैज्ञानिक वनका नाममा देशका हरियाली रुखहरु विनास गर्ने तस्करहरुको योजना बिफल पारेको दाबी समेत गर्नुभयो । उहाँले थप भन्नुभयो, “बैज्ञानीक वनका नाममा रुख काट्न आदेश दिने केही व्यक्तिलाई अख्तियारले मुद्धा दायर गरेर कठघरमा राखेको छ, वन बिनास गर्नेहरु सबै कारवाहीमा पर्ने छन् ।” आफुले वन बिनास गर्ने योजना बिफल पारेकै कारण सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा केही महिना पहिले कोप २०२६ को कार्यक्रममा जाँदा नेपालमा भएको वन जङ्गलका कारण नेपालले रु ३६ अरब रोयल्टी पाएको दाबी गर्नुभयो ।

 

यसैगरी मन्त्री आलेले आफुले नेपाली नागरिकको हित तथा देशको हितका लागि काम गर्दै आएको र आफु जहिले पनि देश र नागरिकको हकहितका लागि काम गर्ने बताउनुभयो । नागरिक र देश भन्दा ठूलो आफ्ना लागि अन्य कुनै चिज नभएकाले देश र नागरिकको सेवाका लागि आफु ज्यान दिन पनि तयार रहेको उहाँको भनाई थियो । विमल विष्ट

प्रतिक्रिया दिनुहोस
रास्वपाले पोखरा र काठमाडौंमा प्रदर्शन गर्ने

    सभापति रवि लामिछाने पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरा र

रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्