मारवाडी सेवा समितिको कामले नागरिकलाई राहत मिलेको छ : मन्त्री आले



हाम्रो इकोनोमि

 

 

 

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मारवाडी सेवा समितिले नेपाली दुःखी गरिब तथा असहाय नागरिकका लागि गर्दै आएको सेवा सरहानीय रहेको बताउनु भएको छ । मारवाडी सेवा समितिको ६९ औँ वार्षिक उत्सब कार्यक्रमको आज आइतबार उद्घाटन गर्नु हुँदै मन्त्री आलेले बिगतदेखि समितिले गरेका बिभिन्न निःशूल्क सेवा मुलक कार्यहरुले नेपाली नागरिकलाई निकै राहत भएको बताउनुभयो । उहाँले भन्नुभयो, “समितिले गरेको सेवाले यहाँका दुःखी, गरिब तथा असहाय नागरिकका लागि बरदान साबित भएको छ, मेरो तर्फबाट चाहिने सहयोग म पूर्ण रुपमा गर्ने छु ।”

 

सोही कार्यक्रममा बोल्नु हुँदै मन्त्री आलेले मारवाडी सेवा समितिले गरेका रचनात्मक तथा निः शूल्क सेवा मुलक कार्यहरुको जति प्रशंसा गरेपनि कम हुने बताउनु हुँदै पछिल्लो समय समितिले सञ्चालन गरेको निःशूल्क डाइलायसिस सेवाले पीडित नागरिकका लागि निकै राहत पुगेको बताउनुभयो । उहाँले थप भन्नुभयो, “नागरिकको सेवामा लाग्दा लाग्दै तपाइँहरुलाई कुनै बाधा, व्यवधान, अर्चन, अप्ठेरो उत्पन्न भए सरकार त्यसको समाधानका लागि तयार छ ।” यसैगरी मन्त्री आलेले अहिलेको सरकार जनताको सरकार भएकाले जनतालाई पर्ने बाधा, समस्या र अप्ठयारमा पूर्ण साथ र सहयोग दिने बचनबद्धता समेत प्रकट गर्नुभयो ।

 

उक्त कार्यक्रममा मन्त्री आलेलाई मारवाडी सेवा समितिका तर्फबाट पगरी लगाइ सम्मान समेत गरिएको थियो । सो अवसरमा समितिले हाल सम्म गरेका बिभिन्न निःशूल्क कार्यहरुका बारेमा कार्यक्रममा जानकारी समेत दिइएको थियो । समितिमा आवद्ध भइ लामो समय सम्म नागरिकको निःशूल्क सेवामा खटिएका पाँच जना जेष्ठ नागरिकलाई उक्त कार्यक्रममा सम्मान समेत गरिएको थियो । विमल विष्ट

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...