प्रेस काउन्सिलको वर्गिकरण नतिजाबाट स्वरोजगारमुखी सञ्चारमाध्यम उत्साहित



हाम्रो इकोनोमि

 

 

 नेपालको छापामाध्यमबाट प्रकाशित स्वरोजगारमुखी सञ्चारमाध्यमको ऐतिहासिक पृष्ठभूमि रहेको छ । नेपालको राजनीति परिवर्तन गराउँन उल्लेखनिय भूमिका निर्वाह गरेका स्वरोजगारमुखी सञ्चारमाध्यामबाट प्रकाशित पत्रपत्रिकाहरुको वार्गिकरण प्रेस काउन्सिल नेपालले गर्दै आएको छ । प्रेस काउन्सिल नेपालले यस पटक प्रकाशित गरेको नतिजाबाट स्वरोजगारमुखी सञ्चारमाध्यमका सञ्चालकहरु उत्साहित बनेका छन् । सधै विवादित हुने काउन्सिलको वर्गिकरण नतिजा यस पटक विवाद रहित बनेपछि स्वरोजगारमुखी सञ्चारमाध्यमका सञ्चालक उत्साहित बनेका हुन ।

नेपालको आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका र लामो समय देखि थाती रहेको संपरिक्षणको नतिजा प्रकाशित नहुँदा स्वरोजगारमुखी संचारमाध्यम साप्ताहिक, अर्ध साप्ताहिक, दैनिक, मासिक, पाक्षिक पत्र–पत्रिका मर्कामा पर्दै आएका थिए । निकै लामो समयदेखि नतिजा प्रकासन नहुँदा कोरोनाको महामारीमा पर्दै जेनतेन प्रकासित भइरहेका पत्रपत्रिकाहरुले यो नतिजाबाट राहत महशुस गरेका छन् । विगत ३ बर्ष देखि विभिन्न कारणले उक्त संपरिक्षणको नतिजा रोकिएको थियो । आर्थिक वर्ष २०७५÷०७६ र ०७६÷०७७ काे नतिजा प्रकासित भएबाट पहिले जस्तो विवादका स्वरहरू अहिले बन्द भएका छन् ।

यस पटकको नतिजाले २ वटा कुरालाई विशेष प्राथमिकता दिएको देखिन्छ । पहिलो कोरोना महामारीले प्रभाव परेका पत्रपत्रिकालाई राहत मिलेको आभास भएको छ भने दोस्रो स्वरोजगारमुलक अखबारलाई विषेश प्राथमिकता दिएर संपरिक्षण समितिको वर्गिकरण नतिजा प्रकाशित हुनुले पनि यो नतिजालाई महत्वका साथ हेरिएको छ । काउन्सिलको यस पटकको नतिजा सन्तुलित भएको स्वरोजगारमुखी सञ्चारमाध्यमका सञ्चालकहरुको भनाई छ । पहिले जस्तो पूर्वाग्रही ढंगले नतिजा प्रकाशित नभएको हुँदा यसलाई सन्तोषजनक मान्नु पर्ने एक वरिष्ठ पत्रकारले जानकारी दिए ।

विवाद रहित नतिजा प्रकाशित गर्न सफल भएकोमा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत लगायत काउन्सिल परिवारलाई स्वरोजगार मुखी सञ्चार माध्यमका सञ्चालकहरुले बधाई समेत दिएका छन । संपरिक्षण समितिले मापदण्ड अनुुरूप कागजात नपुगेका तथा धेरै नै कपि पेस्ट भएका ४५ वटा पत्रपत्रिका बाहेक देशभरका ८३३ वटा पत्रपत्रिकाहरुलाई २ वर्षको अर्थात आ.व. ०७५÷०७६ र ०७६÷०७७ को वर्गिकरण नतिजा प्रकाशित भएकाे छ ।

प्रतिक्रिया दिनुहोस
राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...

फागुन २१ को निर्वाचनमा देउवाले मतदान नगर्ने

    नेपाली कांग्रेसका ‘अपदस्त सभापति’ तथा ५ पटकका प्रधानमन्त्री शेरहवहादुर देउवाले फागुन...

गौरीगञ्जबासीले ओलीलाई भने, सुर्य बाहेक अन्त हातै जाँदैन

    झापा गौरीगञ्जका बासिन्दाले चुनावमा भोट हाल्दा आफुहरुको हात सुर्य बाहेक अन्त...

७४ लाख सहकारी पीडितबारे रबि किन मौन : हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इटहरीमा...