दूधको मूल्य बढ्यो



हाम्रो इकोनोमि

 

 

 

सरकारले कच्चा दूधमा किसानले पाउने आधार मूल्य वृद्धि गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको समर्थन मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसाले वृद्धि गरेर ५६.०४ रुपैयाँ कायम गर्ने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । प्रशोधन नगरिएको दूधको यस्तो मूल्य किसान र दूध खरिदकर्ताका लागि मात्रै लागू हुने मन्त्रालयको भनाइ छ ।

मन्त्रालयको सिफारिसमा दूधको आधार सर्मथन मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँबाट बढाएर ५६.०४ रुपैयाँ कायम गरिएको कृषि मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले बताए । ‘किसानले फ्याटको आधारमा पाउने मूल्य बढाइएको छ, अहिलेलाई उपभोक्ता मूल्य बढेको छैन्,’ प्रवक्ता सञ्जेलले भने । यस अघि सरकारले २०७६ भदौमा दूधको मूल्य बढाएको थियो ।

कच्चा दूधको मूल्य वृद्धि फ्याट र एसएनएफको आधारमा गरिएको प्रवक्ता सञ्जेलले बताए । सरकारले दूधको न्यूनतम् फ्याट ४ प्रतिशत र एसएनएफ (धृतांश बाहेकको ठोस पदार्थ) ८ प्रतिशत कायम गरिएको छ । फ्याट र एसएनएफ बढी भए किसानले दूधमा बढी मूल्य पाउँछन् । मन्त्रालयका अनुसार मूल्य निर्धारण गर्दा यस अघिकै फर्मुलाअन्तर्गत फ्याटलाई ६.८१ रुपैयाँ र एसएनएफलाई ३.६० रुपैयाँले गुणन गर्दा हुने कुल मूल्यका आधारमा नयाँ मूल्य तोकिएको हो ।

किसानले पाउने मूल्य बढे पनि उपभोक्ताले तिर्ने दूधको मूल्य भने वृद्धि भइनसकेको मन्त्रालयले जनाएको छ । किसानबाट खरिद गर्ने दूध प्रशोधनका लागि लाग्ने लागत जोडेर उपभोक्ता मूल्य मन्त्रालयले पछि तय गर्ने प्रवक्ता सञ्जेलको भनाइ छ । ‘राष्ट्रिय दुग्ध विकास बोर्ड, दुग्ध विकास संस्थान र मन्त्रालयको आपसी छलफलमा लागतका आधारमा उपभोक्ता मूल्य पछि तय गरिने छ,’ सहसचिव एवम् प्रवक्ताले  भने ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...