फागुन ९ मा गौतमबुद्ध विमानस्थलमा क्यालिब्रेसन फ्लाइट गर्ने तयारी



 

 

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइटका लागि फागुन ९ गते विमान अवतरण गर्ने गरी तयारी गरिएको आइसिबी टु अन्तर्गतको निर्माण कम्पनी एरोथाइले बताएको छ। भर्खरैमात्र निर्माण कार्य सम्पन्न भएको विमानस्थलमा जडान गरिएका उपकरण र ग्राउण्डको परीक्षणको लागि तीन चार दिनयता एरोथाइका प्राविधिकहरू भैरहवामा छन्।

प्राविधिक परीक्षण भइरहेको बेला प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरलाई लिएर निरीक्षणको लागि आएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई विमानस्थलको अवस्थाबारे जानकारी गराउँदै एरोथाइका नेपाल प्रतिनिधि विजेन्द्र श्रेष्ठले मौसम अनुकूल भए क्यालिब्रेसन फ्लाइटका लागि फेब्रुअरी २१ (फागुन ९ गते) तारिखमा थाइल्याण्डदेखि जहाज ल्याण्ड गर्ने जानकारी दिएका हुन्।

श्रेष्ठले तीन वर्षको भैरहवाको मौसमलाई अध्ययन गर्दा भिओएफआरमा जहाज उड्न मिल्ने भएकोले मौसम नबिग्रिए फागुन ९ गते जहाज ल्याण्ड गर्ने जानकारी दिएका हुन्।श्रेष्ठका अनुसार क्यालिब्रेसन फ्लाइटका लागि कम्तीमा ५ किलोमिटर भिजिबिलिटी चाहिन्छ।

अहिले एरो थाइ कम्पनीका तर्फबाट विमानस्थलमा परीक्षण उडान सञ्चालन तयारीका लागि आएको थाइल्याण्डको प्राविधिक टिमले विमानस्थलमा जडान गरिएका उपकरण, विमानस्थलको ग्राउण्ड तथा यहाँको पछिल्लो तीन वर्षको मौसमको अवस्था अध्ययन गरिरहेको छ। क्यालिब्रेसन फ्लाइट विमानस्थलको ग्राउन्ड र जहाजबीचको सूचना आदानप्रदान सही छ, छैन भनेर जाँच गर्ने विधि हो।

प्रतिक्रिया दिनुहोस
रास्वपाले पोखरा र काठमाडौंमा प्रदर्शन गर्ने

    सभापति रवि लामिछाने पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरा र

रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्