पशुपति धर्मशाला काण्ड : बताससँग गरिएको सम्झौता खारेज हुने



हाम्रो इकोनोमि

 

 

पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता भोलि खारेज हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले छानबिन समितिले सिफारिस गरेअनुसार उक्त सम्झौता भोलि खारेज हुने जानकारी दिए । भोलि पशुपति क्षेत्र विकासको बैठक बस्ने र सोही बैठकले बताससँगको सम्झौता खारेजी गर्ने जनाईएको छ।

यसअघि बतासले पशुपति धर्मशालामा सञ्चालन गरेको होटलको मन्त्री आलेले पनि निरीक्षण गरेका थिए । उनले धर्मशाला धर्मशालाजस्तो नभएर पाँचतारे होटलजस्तो भएको प्रतिक्रिया दिएका थिए । छानबिन समितिले मन्त्री आलेलाई हस्तान्तरण गरेको प्रतिवेदनमा सम्झौता खारेज गर्न सुझाएको थियो । सोहीअनुसार मन्त्री आलेले बतासँगको उक्त सम्झौता खारेजीको लागि क्षेत्र विकास कोषलाई निर्देशन दिईसकेका छन् ।

समितिले सम्झौता गैरकानुनी भएको समेत दाबी गरेको छ। पछिल्लो समय विवादमा आएको बतास समूहले ठेक्का सम्झौतामै मिलेमतो गरेर नारायणहिटी दरबार संग्रहालय परिसरमा डान्सबार सहितको रेस्टुरेन्ट खोल्न लागेको यसअघिको प्रतिवेदनले देखाइसकेको छ।

त्यस्तै, पशुपतिनाथ दर्शन गर्न आउने तीर्थयात्रीलाई सर्वसुलभ रूपमा खान र बस्न सहज होस् भनेर भारत सरकारको ४० करोड लगानीमा बनेको ‘नेपाल–भारत मैत्री धर्मशाला’मा ‘होटल आनन्द’ सञ्चालन गर्न दिँदासमेत ठेक्का सम्झौतामै मिलेमतो गरेको प्रतिवेदनले देखाएको थियो

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...