खोप पूरा गर्ने पर्यटकलाई भिसा दिने सरकारको निर्णय



 

 

सरकारले खोपको मात्रा पुरा गरेका विदेशी पर्यटकले पाउने अनअराइभल भिसा सुविधालाई निरन्तरता दिएको छ । अध्यागमन विभागले बिहीबार नेपालमा आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुका लागि सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।

विभागका अनुसार अनअराइभल भिसा प्राप्त गर्न सक्ने मुलुकका कोभिड १९ विरुद्धको खोपको मात्रा पुरा गरेका नागकिले अनअराइभल भिसा सुविधा निरन्तर पाउने भएका छन् ।

विदेशी पर्यटकले कोभिड १९ को खोपको मात्रा पुरा गरेको प्रमाण, हवाई उडानका लागि चेकइन हुनुभन्दा ७२ घण्टाभित्रको कोभिड १९ परीक्षण गरेकार नेगेटिभ रिर्पोट, नेपालमा होटेल बुकिङ गरेको प्रमाण र पर्वतारोहण र पदयात्रा तथा अनुमति लिनुपर्ने अन्य निकाय भएका त्यसको अनुमतिको प्रतिलिपि समेत पेश गरेमा नेपाल प्रवेश विन्दुमै भिसाष् पाउने भएका छन् ।

यसक्रममा सीसीएमसीसीको अनलाइन अराभइल फारम भने भर्नुपर्छ । अनअराइभल भिसा नलिई सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगबाट समेत भिसा पाउन सकिन्छ । खोप नलगाएका तथा नेपाल आउनुपर्ने विदेशीहरुले समेत नेपाली नियोगबाटै भिसा लिनुपर्ने हुन्छ । उनीहरुले अनअराइभल भिसा पाउँदैनन् ।

खोप नलगाए ५ दिन होटेल क्वारेन्टिन

खोप नलगाएका विदेशी नागरिकको नेपालस्थित अध्यागमन विन्दुमा एन्टिजेन परीक्षण गरिने छ । यस्तो परीक्षणबाट पोजेटिभ देखिएमा आइसोलेसन वा अस्पतालमा बस्नु पर्नेछ । नेगेटिभ आएमा भने पाँच दिन होटल क्वारेन्टिनमा बस्नुपर्छ ।

अध्यागमनमा एन्टिजेन सम्भव नभएमा होटेल प्रवेश गर्नु अगाडि परीक्षण गर्नुपर्छ । ५ दिन होटेल क्वारेन्टिनमा बसेका विदेशी छैटौं दिनमा कोभिड १९ परीक्षण गरी आफ्नो उद्देश्य अनुसार भ्रमणमा जान सक्नेछन् ।

खोपको मात्रा पुरा गरेका पर्यटकले समेत होटेलमा चेक इन गरेको २४ घण्टाभित्र एन्टिजेन परीक्षण गर्ने र नेगेटिभ रिजल्ट आएपछि भ्रमणमा जान सक्नेछन् । होटेल बाहिर रहेका पर्यटकले प्रत्येक ७२ घण्टामा एन्टिजेट परीक्षण गर्नुपर्ने भएको छ ।

कोभिड १९ को परीक्षण र आइसोलेसनमा लाग्ने खर्च र बीमा लगायतका अन्य खर्च विदेशी नागरिक स्वयमले बेहोर्नुपर्छ । विदेशी नागरिक नेपालमा रहँदा भने नेपाल सरकारले तोकेका मापदण्डहरु पालना गर्नुपर्नेछ ।

नेपाली र गैरआवासीय नेपालीको हकमा के छ ?

खोपको मात्रा पुरा गरेको १४ दिन पुरा भएका नेपाली र गैरआवासीय नेपालीले ७२ घण्टाभित्रको कोरोना परीक्षणको नेगेटिभ प्रमाणपत्र बोकेर आएमा सहर्ज घरमा जान दिइन्छ । तर, उनीहरुमा समेत लक्षण देखिएको अवस्थामा भने अध्यागमन विन्दुमा एन्टिजेन परीक्षण गर्नुपर्छ ।

उनीहरुले ५ दिन होम वा होटेल क्वारेन्टिनमा बस्ने गरी मात्र प्रवेश अनुमति पाउने छन् । खोपको मात्रा पुरा नगरेका नेपाली र गैरआवासीय नेपालीको हकमा भने एन्टिजेट परीक्षण गरि नेगेटिभ आएमा मात्र गन्तब्यमा जान दिइने भएको छ । पोजेटिभ आएमा आइसोलेसनमा जानु पर्नेछ । विदेशी कुटनीतिक नियोगको हकमा समेत यस्तै प्रावधान लागू हुने छ ।

नेपाल सरकारको निमन्त्रणमा काठमाडौं आउने सबै विदेशी पाहुनाको प्रवेश बिन्दुमा कोभिड १९ परीक्षण गरि नेगेटिभ आएमा मात्र कार्यक्रममा सहभागी हुन अनुमति दिइने भएको छ । ५ वर्ष भन्दा मुनीका बालबालिकाको हकमा खोप र परीक्षण अनिवार्य छैन ।

५ देखि १८ वर्षसम्मका बालबालिकाका लागि परीक्षण अनिवार्य भएपनि खोप अनिवार्य लागु हुने छैन । स्थलमार्गबाट प्रवेश गर्ने भारतीय नागरिकको हकमा समेत खोप कार्य, कोरोना परीक्षण अनिवार्य गरिएको छ । स्थलमार्गबाट प्रवेश गर्ने तेस्रो मुलुकका नागरिकले समेत तोकिएको कागजात पुरा गरेको अवस्थामा नेपाल प्रवेश विन्दुमै भिसा पाउने छन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले पोखरा र काठमाडौंमा प्रदर्शन गर्ने

    सभापति रवि लामिछाने पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरा र

रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्