तीन दिनसम्म हिमपात र बर्षाको उच्च संभावना



हाम्रो इकोनोमि

 

 

 

अबको तनि दिन देशभरी कै मौसम पूर्ण रुपमा नखुल्ने मौसमविद्ले बताएका छन्। तीन दिन पानी र हिउँ परेर चिसो बढ्ने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार गएराति राति नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले अबको तनि दिन पानी, हिउँ पर्नेछ। यसले दिउँसो मौसम पूर्ण रुपमा नखुल्दा चिसो बढ्नेछ। मौसम नखुले पनि लगातार झरीको सम्भावना भने नरहेको मौसमविद् पौडेलको भनाइ छ।

यही प्रणालीको प्रभावले अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशसँगै देशभरको पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भएको छ। तराईमा भने हुस्सु र कुहिरो लागेको छ।

बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली भएर पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको संभावना रहेको उहाँले जानकारी दिनुभयो। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनेछ। यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली भएर प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...