आन्तरिक हवाई उडान प्रभावित



हाम्रो इकोनोमि

 

 

मौसममा आएको खराबीका कारण बिहानको समयमा आन्तरिक हवाई उडान प्रभावित भएको छ । काठमाडौं, पोखरा, नेपालगञ्ज, सुर्खेत र तुम्लिङटारबाहेक अन्य विमानस्थलहरु कम भिजिविलिटीका कारण बन्द छन् । बुद्ध एयरले विमानस्थलहरु बन्द हुँदा आफ्नो उडान प्रभावित भएको सूचना जारी गरेको छ । काठमाडौंबाट नेपालगञ्ज उडेको यती एयरलाइन्सको जहाजलाई पनि केहीबेर दाङको आकाशमा होल्ड गरिएको छ ।

पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिम, कर्णालीलगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ । साथै पश्चिम र पूर्वी तराईमा हुस्सु र कुहिरो लागेकाले पारदर्शिता कम छ ।

पश्चिमी वायुको प्रभावले केही स्थानहरुमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...