एकैदिन थप १० हजार २५८ जनामा कोरोना पुष्टि



हाम्रो इकोनोमि

 

 

नेपालमा अहिलेसम्मकै उच्च विन्दुमा काेराेना पुष्टि भएकाे छ । पछिल्लाे २४ घण्टामा १० हजार २५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १० हजार २५८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १७ हजार ८७२ र एन्टिजेन विधिबाट ४ हजार ९५६ एन्टिजेन परीक्षण गरिएकोमा १० हजार २५८ जनामा संक्रमण देखिएको हो ।यससँगै कुल संक्रमितको संख्या ९ लाख ७२ हजार १९८ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५६२ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ८ लाख १७ हजार ५४७ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ जना रहेको छ । हालसम्म एक करोड बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।

२४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ६२४ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...