महेश बस्नेत पनि कोरोना संक्रमित



हाम्रो इकोनोमि

 

 

महाधिवेशन आयोजक समिति बनाउने पोखरा बैठकमा सहभागी भएका राष्ट्रिय युवा संघ नेपालका अधिकांश नेतामा कोरोना संक्रमण देखिएको छ । पोखरामा सम्पन्न सचिवालय बैठकमा सहभागी एमाले पोलिटब्यूरो सदस्य एवं युवा संघ इञ्चार्ज महेश बस्नेत, संयोजक किरण पौडेल, सहसंयोजक सञ्जीव झासहितका पदाधिकारीमा संक्रमण पुष्टि भएको हो ।

पोखराबाट फर्किएलगत्तै गरिएको पिसिआर परीक्षणमा इञ्चार्ज बस्नेत, संयोजक पौडेलसहित पदाधिकारीमा संक्रमण पुष्टि भएको युवा संघका प्रचार बिभाग प्रमुख माहाराज गुरुङले बताउनु भयो । यस्तै पूर्वमहासचिव रमेश आचार्य पनि संक्रमित हुनुभएको छ ।

यसैगरी पूर्वअध्यक्ष राजीव पहारी, नेतृ अञ्जना अधिकारी, पुष्प श्रेष्ठ, बाबु छत्कुली, सामजी सापकोटा, अभिशेक तिवारी, दिनेश थापा, सुमन पुरीलगायतका नेताहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उहाँहरु सवै होम आइसोलेशनमा रहनुभएको प्रचार बिभाग प्रमुख गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...