डेढ अर्ब ठगेर ग्रीनलाईनका सञ्चालक अग्रवाल दाजुभाई फरार



 

 

बैंक तथा बित्तिय संस्थाबाट डेढ अर्ब भन्दा बढी रकम उठाएर ठूला घरानाका दुई ब्यापारी दाजुभाई फरार भएका छन । नेपालकै सबैभन्दा ठूलो रक्सी विक्रेता ग्रीनलाईन सञ्चालक तथा मदिरा आयातकर्ता अभिषेक अग्रवाल र अमित अग्रवाल बैंक, सहकारी तथा केही व्यक्तिसँग १ अर्ब ५० करोडभन्दा धेरै रकम उठाएर फरार भएका हुन ।

फरार ब्यापारी अभिषेक र अमित दाजुभाइ हुन । बैंकहरूसँग पैसा लिएर भागेपछि इन्भेष्टमेन्ट बैंक र एभरेष्ट बैंकले उनीहरूको सम्पत्तिमा सूचना टाँस गरेको छ । अन्य केही बैंक र सहकारी सूचना टाँस गर्ने तयारीमा रहेका छन । अग्रवाल दाजुभाईले बैंक, सहकारी तथा केही व्यक्तिसमेतका पैसा लिएका छन । स्रोतका अनुसार ग्रीनलाईनमा इन्भेष्टमेन्ट बैंकले २५ करोड रुपैयाँ र एभरेष्ट बैंकले २२ करोड रूपैयाँ कर्जा लगानी गरेका थिए । बाँकी अन्य बैंकको ५० लाख भन्दा धेरै लगानी रहेको स्रोतले बतायो । सहकारी तथा केही व्यक्तिले समेत लगानी गरेको छ ।

पैसा उठाएर भागेपछि ग्रीनलाईनसँगै अग्रवालको ज्ञानेश्वरमा रहेको घरमा समेत बैंकले सूचना टाँस गरेको छ । सो ठाउँमा १५ आनाभन्दा धेरै क्षेत्रफलमा अग्रवालको घर रहेको छ । ग्रीनलाईनका अग्रवालले कर्जा लिएको भनेर सूचना टाँस गरिएको छ । अग्रवालको नाममा रहेको सम्पत्तिमा आफ्नो हक लाग्ने भनेर एभरेष्ट र इन्भेष्टमेन्ट बैंकले मदिरा आउटलेटमा समेत ताला लगाएको छ । ग्रीन लाईन सेन्टरका प्रबन्ध निर्देशक अभिषेक अग्रवाल र सीइओ अमित अग्रवालले नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडसहित ५ वाणिज्य बैंकहरुको ३ अर्ब भन्दा बढी कर्जा लिएको पाइएको छ ।

विभिन्न ठाउँमा जग्गा तथा अपार्टमेन्टमा फ्ल्याट खरिद गरेका अग्रवाल दाजु भाई जनकपुर निवासी हुन् । उनीहरूको जग्गा तथा अपार्टमेन्टमा पनि लगानी रहेको छ । ग्रीनलाईनले तारे होटल, रेष्टुरेन्टमा विदेशी मदिरा बिक्री गर्ने गरेको थियो । ग्रीनलाईनले विदेशी महँगा मदिरा गर्ने गरेको थियो । ग्रीनलाईन ठूला करदाताको सूचीमा समेत रहेको छ । नेपालमा मदिरा कारोबार गर्न अग्रवालको परिवारले अलायन्स डिस्ट्रिब्युटर्स, अमिअभि ट्रेडिङ र ग्रीनलाइन सेन्टर दर्ता गरेका थिए । अग्रवालको परिवार भागेपछि प्रहरीले समेत खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
मीनबहादुरलाई धन्यवाद भनौं, दानको जग्गा फिर्ता गरौं : एमाले नेता

    व्यापारी मीनबहादुर गुरूङबाट जग्गासहित केन्द्रीय कार्यालय भवन दानमा लिने निर्णयप्रति नेकपा

भूकम्पले ओखलढुंगा, सोलु र संखुवासभामा ६ घर भत्किए

  तिब्बत केन्द्रविन्दु बनाएर बिहान गएको भूकम्पबाट कोशी प्रदेशका हिमाली जिल्लामा प्रभाव परेको

तिब्बतमा भूकम्पमा परेर मृत्यु हुनेको संख्या ५३ पुग्यो

  आजको तिब्बत केन्द्र बनाएर नेपाल, भारत, भुटान तथा बंगलादेशमा कम्प महसुस भएको

भूकम्पमा परेर तिब्बतमा ३६ जनाको मृत्यु

    आज बिहान तिब्बत केन्द्र बनाएर नेपाल, भारत तथा भुटानमा कम्प महसुस