ठगी र कीर्तेको नयाँ शैली, खाता बन्द गर्ने चेक काट्ने



हाम्रो इकोनोमि

 

 

कीर्ते काममा अदालत बाट सजाय पाएका एक ब्यक्तिलाई नेपाल प्रहरीको अनुसन्धान ब्यूरोले पक्राउ गरेपछि ठगी र कीर्ते कामको नयाँ शैली फेला परेको छ । जसले बैंकको खाता बन्द गर्दै आफन्तको नाममा चेक काटेको तथ्य फेला परेको छ । सिन्धुपाल्चोक जिल्ला बाह्रबीसे नगरपालिका वडा नम्वर ७ घर भएका रामहरि थापालाई अदालतको आदेश अनुसार अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो । थापाले साझेदारीमा भएको कम्पनीमा एकल हस्ताक्षरमा खाता सञ्चालन गरेर आफन्तको नाममा धमाधम चेक काटेपछि उनको नाममा सिन्धुपाल्चोक जिल्ला अदालतमा मुद्धा दायर भएको थियो । सिन्धुपाल्चोककै नवीन राउतले दायर गरेको मुद्धामा सुनौली खिम्ती कन्टक्सन प्रालिको नाममा शेयर बेचेर थापाले एकलौटी खाता सञ्चालन गरेर अबैध चेक काटेका हुन् । थापाले शेयर सदस्यहरु बिदेश भ्रमण गएका बेला आफन्त मेखवहादुर श्रेष्ठको नाममा २ करोड ४० लाख रुपैयाँको चेक काटेका थिए ।

जवकी कम्पनीमा विवाद आएपछि उनै थापाले यो खाता बन्द गर्न बैंकमा निवेदन दिएका थिए । सोही बेला अर्का नातेदार कुमार श्रेष्ठको नाममा पनि ६० लाख रुपैयाँको चेक काटेको भनि राउतले मुद्धा दायर गरेका थिए । कम्पनीसँग कुनै पनि कारोवार नभएको ब्यक्तिलाई चेक काटेर रकम दिएपछि यो बिषय अदालतमा पुगेको थियो । यो कामले कम्पनीलाई कालोसूचीमा राखेर बदनाम गर्ने र भएको रकम आफू र आफन्तको खातामा लैजाने थापाको योजना रहेको मुद्धाको फैसलामा उल्लेख गरिएको छ । २०७३ जेठ २० गते आफैले बन्द गरेको खाताको चेक २०७६ आफैले चेक काट्नु नै कम्पनीलाई बद्नाम गराएर बैंकको कालोसूचीमा राख्ने योजना रहेको उजुरीकर्ता मध्येका एक नवीन राउत बताउँछन् । यो काम रामहरी थापाको कीर्ते तथा ठगी भएको भन्दै जिल्ला अदालत सिन्धुपाल्चोकले फैसला गरेको थियो । सो फैसलापछि उनीहरु लुकेर बसेका थिए । भक्तपुरमा लुकेरै बसेको अवस्थामा थापालाई नेपाल प्रहरीको अनुसन्धान ब्यूरोले कन्ट्रयाक टे«सिङ्गको आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

त्यसो त जिल्ला अदालतको फैसलापछि पनि रामहरि थापाले आफ्नै ट्रान्सपोर्ट कम्पनीको नाममा ७ करोड ७५ लाख रुपैयाँको चेक काटेको प्रहरीमा उजुरी परेको छ । थापाकै नाममा रहेको कम्पनीको नाममा २०७८ जेठ १२ गते चेक काटिएको छ । नेपाल बंगलादेश बैंकको सो चेक सुनौलो खिम्ती कन्ट्रक्सनकै नाममा रहेको छ । जुन खाता यस अघि नै थापा आफैले बन्द गर्न बैंकमा निवेदन दिएका छन् । बन्द गरेको खाता बाट किन चेक काटियो यो रहस्यमै रहेको छ ।

प्रहरीका अनुसार यो समुहले आफ्नो साथमा भएका अरुका कम्पनीको पुराना चेकहरु प्रयोगमा ल्याई ठगी गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो । पहिले आफैँ सञ्चालक रहेको कम्पनीबाट रकम असुल्ने मनसायले आफ्नो मामा ससुरा मेखबहादुर श्रेष्ठ र सालो कुमार श्रेष्ठको नाममा चार करोडभन्दा बढी चेक काटी दिई बाउन्स गर्न लगाएको दाबीसहित सञ्चालकले जालसाजी मुद्दा दायर गरेका थिए ।
प्रहरीका अनुसार, यो समुहले जालसाजी गरी चेकहरु आफ्नो हातमा पार्ने अनि ती चेकहरुलाई खातावाला समेतलाई थाहा जानकारी नदिई गोप्य रुपमा बाउन्स गर्न लगाउँदै बार्गेनिङ गर्ने गरेको थियो । यतिमात्र होइन सुनौला खिम्ती कन्स्ट्रक्सन प्रा।लि। को नामको जालसाजी ठहर भएकै चेकबुकका अन्य चेकबाट थापा स्वयं सञ्चालक भई दर्ता रहेको सम्मान ट्रान्सपोर्टको नाममा दुईवटा चेक गरी १५ करोड २५ लाख रुपैयाँको चेक बाउन्स गर्न लगाएको दाबीसहित कानुनी उपचारको खोजी भइरहेको सुनौला खिम्ती कन्स्ट्रक्सन प्रा।लि।का सञ्चालक नविन राउतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...