किर्ते नागरिकता प्रकरणमा न्यायाधीश मीरा खड्कामाथि मुद्दा चलाउन न्याय परिषद्‍मा उजुरी



हाम्रो इकोनोमि

 

सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्कामाथि नागरिकता किर्तेसम्बन्धी मुद्दा चलाइ कारबाही अघि बढाउन न्याय परिषद्मा उजुरी परेको छ ।न्यायाधीश खड्काले जागिर अवधि लम्ब्याउन नागरिकता र उमेरमै किर्ते गरेको तथ्यसहितको समाचार नेपाल प्रेसले सार्वजनिक गरेको थियो । उनले २०३२ माघ २८ गते नागरिकता लिएको बेला १९ वर्ष उमेर लेखिएको छ । दोस्रोपटक २०३३ माघ २८ मा नागरिकता लिएको उनले पेस गरेको विवरणमा पनि उमेर १९ वर्ष नै छ । कानून व्यवसायी हक हित संरक्षण तथा शुद्धीकरण अभियानले परिषद्का अध्यक्ष प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई आज निवेदनपत्र बुझाउँदै न्यायाधीश खड्काले दोहोरो नागरिकता लिएर किर्ते गरी न्याय परिषद्लाई नै दोष लगाएकाले निजलाई पदमुक्त गरी नागरिकता किर्ते मुद्दा चलाउन प्रहरीमा प्रक्रिया थाल्न ध्यानाकर्षण गराइएको छ ।

३ वटा नागरिकता न्यायाधीश खड्काले नै बनाएको वा न्याय परिषदले बनाइदिएको भन्दै निवेदनमा सत्यतथ्य सार्वजानिक गर्न माग गरिएको छ । त्यस्तै न्यायाधीश प्रकाशमान सिंह राउतले स्वार्थ बाझिने मुद्दामा न्यायाधीशको हैसियतबाट सुनुवाइ गरी आचारसंहिता विपरीतको काम गरेको भन्दै उनीमाथि पनि प्रश्न उठाइएको नेपाल प्रेसले जनाएको छ ।

अभियानका संयोजक अधिवक्ता शिव शर्माले परिषद्लाई बुझाएको निवेदन पत्रमा भनिएको छ, ‘न्यायाधीशको आचरसंहिता विपरीत गर्नुभएको कार्य सम्मानीत सर्वोच्च अदालतको मान मर्यादा प्रतिष्ठामा गम्भीर क्षती पुग्ने कार्य गर्नुगराउनु भएकोले निजहरूलाई इजलास तोक्ने कार्य, निजले पेसी व्यवस्थापनका लागि गोला तान्ने कार्यलगायत न्यायिक निरोपणका कुनै पनि कार्यमा संलग्न हुनबाट रोक लगाई निजहरूका हकममा आवश्यक छानबिन गरी कानुनबमोजिम कारबाही गरी पाउन विनम्र अनुरोध गरिन्छ ।’

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...