उपत्यकाका तीनै जिल्लाका सिडिओको आकस्मिक बैठक, लकडाउन गर्ने तयारी



हाम्रो इकोनोमि

 

 

स्मार्ट लकडाउनबारे छलफल गर्न काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्ने भएको छ ।आज बसेको कोभिड१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि ब्युँताउँदै यसलाई कार्यान्वयनमा लैजान गृह मन्त्रालयमा सिफारिस गरेको हो ।

सीसीएमसीले गरेको सिफारिसको आधारमा काठमाडौं उपत्यकाका तीनै सीडीओले जोखिम पहिचान गर्दै आवश्यक पर्ने क्षेत्रहरु बन्द गर्ने निर्णय गर्ने तयारी गरेका छन् ।भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले आज बस्ने तीनै सीडीओको संयुक्त बैठकले स्मार्ट लकडाउनबारे निर्णय गर्ने बताउनुभयो। ‘कतिपय निर्णय सीधै सीसीएमसीले गरेको छ ।

अब हामीले जोखिम पहिचानको आधारमा गर्नुपर्ने निर्णय गर्छौ’ उहाँले भन्नुभयो । आइतबार उपत्यकाका तीनै डीसीसीएमसीको बैठक बसेको थियो । आजको बैठकमा परीक्षणको दायरा बढाउने, खोपलाई तीव्रता दिने, अस्पतालमा स्वास्थ्य पूर्वाधारको व्यवस्थापन गर्ने र भीडभाड हुने क्षेत्र बन्द गर्ने निर्णय भएको थियो ।

कुन–कुन क्षेत्रलाई व्यवस्थित वा बन्द गर्ने भन्नेबारे निर्णय गर्न तीनै सीडीओ जुट्न लागेका हुन् । काठमाडौंका सीडीओ गोविन्दप्रसाद रिजालले पनि आफूहरुको बैठकले स्मार्ट लकडाउनबारे थप निर्णयहरु गर्ने बताउनुभयो । सीसीएमसीले आइतबार पुरानै स्मार्ट लकडाउनको कार्यविधि ब्युँताइएपछि त्यसलाई कार्यान्वयन गर्न सीडीओहरुलाई बाटो खुलेको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...