सरकारलाई हस्तान्तरण गर्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला



 

 

धुर्मुस–सुन्तली फाउन्डेसनले हात झिकेपछि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकाले लिने भएको छ ।फाउन्डेसनले दिएको आर्थिक र प्राविधिक प्रतिवेदनको सरकारी पक्षबाट मूल्यांकन गरिसकेपछि रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकाले लिने र संघीय सरकारलाई हस्तान्तरण गर्ने महानगर प्रमुख रेणु दाहालले बताएकी छन् ।

धुर्मुस–सुन्तली फाउन्डेसनले आफूलाई १७ करोड ऋण लागिसकेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट पनि सोचेअनुरूपको सहयोग प्राप्त नभएकाले महानगरलाई स्वामित्व लिन आग्रह गरेको र महानगर रंगशालाको स्वामित्व लिने अघि बढेको उनको भनाइ छ । सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने भन्दै रंगशाला बनाउँदा लागेको ऋण र बहुवर्षीय योजनाअनुसार काम अघि बढाउन संघीय सरकारलाई आग्रह गर्ने उनले बताइन् ।

‘रंगशाला निर्माणका लागि महानगरपालिकाले १० करोड सहयोग जुटाएर सहयोग गरेको हो । महायज्ञ लगाएर १७–१८ करोड पनि जुटेको हो । चितवनका ३० हजार बढीले रंगशालामा सहयोग गरेका छन् । तर, राष्ट्रिय अन्तर्राष्ट्रियस्तरबाट जुन सहयोगको आशा गरिएको थियो, त्यो जुट्न सकेन । फाउन्डेसनले पनि आर्थिक अभावकै कारण देखाएर सकिनँ भनेको छ । अब के गर्ने सरकार जिम्मेवारीबाट पन्छिन मिल्दैन,’ दाहालले पत्रकारहरूको कुराकानीमा भनिन् ।

प्रतिक्रिया दिनुहोस
ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम गरियो

    पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा तालिमरत एक जना

लाइट उपकरण बिग्रिंदा काठमाडौं विमानस्थलमा उडान प्रभावित

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धावनमार्गमा जहाजको सजीकरणका राखिने लाइट बिग्रिंदा उडान/अवतरण प्रभावित

नेकपा एस अनेरास्ववियू खनाल-नेपाल गुटको अलग-अलग भेला

    नेकपा एससम्बद्ध अनेरास्ववियूले सोमबार काठमाडौँमा अलग अलग भेलाको आयोजना गरेका छन्

पूर्वराजाको हैसियत पनि गुम्ला : वामदेव

    राष्ट्रियसभा सदस्य वामदेव गौतमले दल खोलेर आगामी निर्वाचनमा भाग लिन पूर्वराजा