साउदी अरबको राजकुमारी जेल मुक्त



हाम्रो इकोनोमि

 

साउदी अरबमा एक जना राजकुमारी तीन वर्षपछि जेलबाट रिहा भएकी छन्।

समाचार संस्था रोयटर्सका अनुसार ५७ वर्षीया राजकुमारी बसमाह बिन्त साउद बिन अब्दुलाजिज अल-साउद र उनकी छोरी रिहा भएकी हुन्।

उनीहरूलाई तीन वर्षअघि बिनाकारण पक्राउ गरेर जेलमा राखिएको थियो।

‘बिनाकारण राखिएको जेलबाट दुई जना महिला रिहा भएका छन् र बिहीबार जेदाहस्थित आफ्नो घरम आइपुगेका छन्,’ राजकुमारीका कानुनी सल्लाहकार हेनरी एस्ट्रामान्टले भनेका छन्,‘राजकुमारीलाई सञ्चै छ तर उनको स्वास्थ्य परीक्षण गर्नुपर्ने छ। उनी थकित छन् तर उत्साहित छन् र छोरासँग पुनर्मिलन हुन पाउँदा खुसी छन्।’

साउदी सरकारले भने उनको रिहाइबारे केही प्रतिक्रिया दिएको छैन। यसअघि पनि सरकारले राजकुमारी र उनकी छोरीलाई किन जेलमा राखिएको हो भन्नेबारे सार्वजनिक जानकारी दिएको थिएन।

२०२० मा राजकुमारी बसमाहले सामाजिक सञ्जालमार्फत् आफू र छोरीलाई राजधानी रियादको जेलमा राखिएको र आफू बिरामी भएको  बताएकी थिइन्।

राजकुमारी बसमाह अहिलेका राजा सलमानका दाइकी छोरी हुन्। उनले आफूलाई किन जेलमा राखिएको भन्नेबारे शाही अदालतमा बेलाबेलामा निवेदन दिए पनि सुनुवाइ नभएको गुनासो गरेकी थिइन्।

२०१९मा पक्राउ पर्दा राजकुमारी बसमाह स्वास्थ्य उपचारका लागि स्विट्जरल्यान्ड जान लागेकी थिइन्।

उनी साउदी अरबमा मानव अधिकारको विषयमा आवाज उठाउँथिन्। त्यही कारण उनलाई पक्राउ गरिएको हुन सक्ने अनुमान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...