लुम्बिनीको विकासका लागि बजेट कमी हुँदैन : मन्त्री आले



 

 

 

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लुम्बिनी क्षेत्रको विकास तथा विस्तारका लागि कुनै बजेटको कमी नहुँने बताउनु भएको छ । आज शनिबार लुम्बिनी विकास कोषको अनुगमन तथा निरीक्षण भ्रमणका लागि यहाँ पुग्नु भएका मन्त्री आलेले भगवान गौतमबुद्धको जन्मस्थल पनि भएको र बुद्धकै नामले लुम्बिनी देश बिदेशमा चिनिएकाले यहाँको विकासका लागि आफु सबै सकारात्मक रहेकाले बजेट अभाब हुन नदिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “शान्तिदुत भगवान गौतमबुद्ध जन्मिनु भएको र उहाँकै नामबाट देश बिदेशमा निचिएको लुम्बिनीको विकासका लागि बजेटको कुनै कमी हुँदैन, यहाँ निर्माण गरिन लागिएका संरचना निर्माणका लागि बजेटको अभाव भयो भने लेखेर पठाउनु होला, म यहि कोषको अध्यक्ष भएकाले पनि बजेट प्रदान गराउनु मेरो दायित्व हुने छ ।” लुम्बिनी क्षेत्रमा निर्माण भइरहेका बिभिन्न भौतिक संरचनाहरुको काम समयमै सम्पन्न गरिसक्न समेत मन्त्री आलेले निर्माण व्यवसायीहरुसँग आग्रह गर्नु भएको छ । लुम्बिनी क्षेत्रमा निर्माण भएका कामहरु क्वालिटी युक्तका हुनु पर्ने मन्त्री आलेको जिकिर थियो ।

सोही अवसरमा मन्त्री आलेले लुम्बिनीमा निर्माण गरिन लागिएका सम्पूर्ण संरचनाहरु क्वालिटी युक्त तथा मापदण्ड सहितका निर्माण गर्नका र गराउनका लागि सबै क्षेत्र, तह, तप्काका नागरिकले चासो देखानु पर्ने धारणा राख्नु भएको थियो । साथै मन्त्री आलेले लुम्बिनी विकास कोष अन्तरगत रहेको ११ सय ५५ बिगाहा जमिनमा थुप्रै भौतिक संरचना निर्माण भइसकेको र त्यसको ग्राइन डिजाइन अनुसार हामीले कम्तिमा पनि ८१ प्रतिसत काम सम्पन्न गरिसकेका छाँै बाँकी रहेको १९ प्रतिसत काम चाडो टेन्टर प्रक्रियाबाट काम सुरु गराउन समेत लुम्बिनीको विकास कोषका पदाधिकारीलाई निर्देशन दिनु भएको छ ।

मन्त्री आलेले लुम्बिनीमा निर्माण हुँदै गरेको पाँच हजार जना मानिस अट्ने क्षमताको अन्तर्राष्ट्रिय ध्यान केन्द्र सभाहलको गुरुयोजना अनुसार मुल प्रबेश द्धारमा निर्माण गरिन लागेको गेट तथा सडकको शिलान्यास समेत गर्नु भएको थियो । विमल विष्ट

 

 

प्रतिक्रिया दिनुहोस
रास्वपाले पोखरा र काठमाडौंमा प्रदर्शन गर्ने

    सभापति रवि लामिछाने पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरा र

रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्