मन्त्री आलेको निर्देशनमा धर्मशालाका विषयमा छानबिन गर्न समिति गठन



 

 

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रशाद सुबेदीको संयोजगत्वमा एक छानविन समिति गठन गरिएको छ । नेपाल भारत पशुपति मैत्री धर्मशाला सम्बन्धमा छानविनका लागि उक्त समिति गठन गरिएको हो । समितिमा पाँच जना सदस्य रहेका छन् । उक्त समितिका सदस्यमा परिषद सदस्य आशा पाण्डे, बिश्वकरण जयन तथा देवीप्रशाद बराल रहनु भएको छ भने मन्त्रालयका लेखाका उप सचिब सदस्य रहनु भएको छ ।

 

उक्त समितिलाइ सात दिन भित्रमा छानविनको प्रतिबेदन पेश गर्न निर्देशन दिइएको छ । पशुपति मैत्री धर्मशालालाई होटेलका रुपमा सञ्चालन गरिएको भन्ने आरोप लागे पछि त्यसको सत्य सत्थ्य छानविनका लागि उक्त समिति गठन गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले जानकारी दिनुभयो । उक्त धर्मसालालाई पशुपति क्षेत्र विकास कोषले होटेले आनन्द प्राली (बतास समूह) लाई भाडामा दिएको थियो । उक्त समूहले पशुपति मैत्री धर्मशालालाइ होटेका रुपमा सञ्चालन गरेको तथा तीर्थालु एवं धार्मिक पर्यटकहरुसँग मनपरि भाडा लिने गरेको आरोप लागेको छ ।

 

उक्त धर्मसालाका विषयमा छानविनका लागि युवा संघ नेपालको टोलीले पनि मन्त्री आलेलाई आज शुक्रबार ज्ञापनपत्र पेश गरेको छ । “मित्र राष्ट्रभारतले पशुपतिको दर्शनमा आउने तीर्थालु तथा धार्मिक पर्यटकको सुबिधाका लागि निर्माण गरेको धर्मशाला व्यवसायीक प्रयोजनका लागि भाडामा दिनु लज्जासपद विषय हो” उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ । उक्त ज्ञापनपत्र ग्रहण गर्नु हुँदै मन्त्री आलेले नेपाल सरकारको मिचिएका जमिनदेखि अधिग्रहण गरिएका सम्पूर्ण संरचना सबै फिर्ता गरिने र गलत प्रयोजनमा दिनेलाई कारवाहि गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारी सम्पतिमा रजाइँ गरौला नसोचे हुन्छ, सार्वजनिक सम्पति एक इन्चि छोड्दिँन, मिच्ने र गलत प्रयोजनमा दिनेलाई कारवाहि गर्छु ।”

विमल विष्ट

प्रतिक्रिया दिनुहोस
रास्वपाले पोखरा र काठमाडौंमा प्रदर्शन गर्ने

    सभापति रवि लामिछाने पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरा र

रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्