पब्जीले लियो ज्यान, कोठाभित्र मृत भेटिए युवा-युवती



हाम्रो इकोनोमि

 

 

काठमाडौंको बौद्धस्थित एक घरको कोठाभित्र युवा-युवती मृत फेला परेका छन्। गएराति काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्धको राधाकृष्ण मन्दिरस्थित एक घरको कोठामा युवक र युवती मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

संखुवासभाका २५ वर्षीय अनिस जिमी र खोटाङकी २२ वर्षीया युसिना राई मृत फेला परेका थिए। प्रहरीका अनुसार उनीहरू भिडिओ गेम पब्जीबाट नजिकिएका थिए। उनीहरू केही दिनदेखि लिभिङ टुगेदर बसेका थिए। वरिष्ठ उपरीक्षक सुदीप गिरीका अनुसार उनीहरू सँगै बस्न थालेको २०-२२ दिन मात्रै भएको थियो। उनीहरूबीच अनलाइन भिडिओ गेम पब्जीबाट चिनजान भएको थियो।

घटनामा कुनै तेस्रो व्यक्तिको संलग्नता छ कि छैन भन्ने अनुसन्धान भइरहेको छ। गएराति अनिस र युसिना दुबै मासु र चिउरा खाएर सुतेका थिए।’उनीहरू धेरैजसो पब्जी खेल्ने गर्थे। खेल खेल्दा हानहान, मारमार भन्ने जस्तो शब्द बोल्थे। तर राति भने अरूबेलाको जस्तो आवाज थिएन। झगडा गरेकोजस्तो आवाज आएको रहेछ,’ प्रहरी वरिष्ठ उपरीक्षक गिरीले भने, ‘१२ बजेतिर आमाले हल्ला सुनेपछि बोलाउन गएकी रहेछन्।’

आमाले बोलाउँदा उनीहरूले ढोका खोलेका थिएनन्। ढोका नखोलेपछि बहिनीको छोरालाई बोलाएर ढोका फोड्न लगाएका थिए। कोठाभित्र हेर्दा युसिना बेडमा मृत अवस्थामा फेला परेकी थिइन्। त्यस्तै छेउमै अनिस पनि मृत अवस्थामा फेला परेका थिए। घटनास्थलबाट धारिलो हतियार पनि फेला परेको प्रहरीले जानकारी दिएको छ।

‘त्यहाँ रगतैरगत थियो। त्यसपछि प्रहरीलाई खबर भयो। प्रहरी पुग्दा अनिशको शरिर तातै थियो। अस्पताल पुर्‍याउँदा मृत घोषणा भयो,’ उनले भने।अनिशलाई चाबहिलस्थित हेल्पिङ ह्याण्ड अस्पतालमा लगिएको थियो। यसमा युवकले पहिले धारिलो हतियार प्रयोग गरी युवतीको हत्या गरेपछि आत्महत्या गरेको हुनसक्ने प्ररम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ।

यद्यपी यसको पुष्ट्याइ पोष्टमार्टम रिपोर्टले गर्ने उनले बताए। प्रहरीले शवको पोष्टमार्टम गर्न शिक्षण अस्पताल लैजाने तयारी गरेको छ। घटनाबारे थप अनुसन्धान हुँदैछ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...