नेपालमा सीपयुक्त प्राविधिक शिक्षामा जोड दिनुपर्छ : अध्यक्ष बस्नेत



हाम्रो इकोनोमि

 

 

तराई विकास तथा सञ्चार केन्द्र नेपालद्दारा संचालित संचार केन्द्र नेपाल को हलमा आयोजित प्राबिधिक शिक्षाको अवस्था र यसको बिकासमा सञ्चारकर्मीको भुमिका विषयक एक बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेपालमा सीपयुक्त जनशक्तिको कमी रहेको बताउनुभयो । उहाँले पत्रकारिता क्षेत्रमा पनि सम्बन्धित विषय नपढेका जनशक्तिले काम गर्दा विभिन्न समस्या उत्पन्न भएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो–‘पत्रकारिता विषय नपढेका र पढेका पनि पत्रकारिता दक्ष नभएकाले पत्रकारिता स्वच्छ, प्रतिस्पर्धी र मर्यादित हुन सकेको छैन, आचारसंहिताको पालना हुन सकेको छैन ।’

अध्यक्ष बस्नेतले पत्रकारिता क्षेत्र जस्तै अन्य क्षेत्रहरुमा समेत दक्ष जनशक्तिको अभाव रहेको बताउनुभयो । उहाँले दक्ष जनशक्तिको अभाव भएको औल्याउँदै भन्नुभयो–‘हाइड्रो क्षेत्रमा बर्षेनी खरबौंको काम हुन्छ तर नेपालीहरुले सीपको अभावका कारण सबैभन्दा तल्लो लेबल अर्थात मजदुरीको काममात्र पाउँछन् ।’ नेपालमा दक्ष र सीपयुक्त जनशक्ति नहुँदा विदेशबाट नै दक्ष जनशक्ति मगाउनुपर्ने बाध्यता रहेको उहाँको जिकिर थियो ।
उहाँले पछिल्लो समय सिटिईभिटीले सीपयुक्त र दक्ष जनशक्ति उत्पादन गरेको भएपनि त्यो जनशक्ति नेपालका लागि पर्याप्त नभएकाले दक्ष जनशक्ति उत्पादनका लागि दबाब दिनुपर्ने धारणा राख्नुभयो । ‘गाउँ गाउँमा समेत सिटिईभिटीले उत्पादन गरेको जनशक्ति परिचालन भईरहेका छ, यसका राम्रा कामलाई पत्रकारले बाहिर ल्याउनुपर्छ, यो पत्रकारिताको मूल धर्म पनि हो’–उहाँले भन्नुभयो ।

 

अध्यक्ष बस्नेतले पत्रकारहरु पनि सिपयुक्त बनेर स्वच्छ र मर्यादित पत्रकारिता गर्न आग्रह गर्नुहुँदै प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताबारे देशव्यापी जागरण अभियान गरिरहेको जानकारी गराउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि तथा सिटिईभिटीका सदस्य सचिव जीवनारायण काफ्लेले नेपालमा सीपयुक्त र दक्ष जनशक्ति उत्पादन गरिरहेको जानकारी गराउनुभयो । सिटिईभिटीले उद्यमी र उत्पादनका क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै युवाहरुको विदेश पलायन रोक्ने लक्ष लिएको जानकारी गराउनुभयो ।

 

सदस्य सचिव काफ्लेले आफूँले ३१ वर्षदेखि सिटिईभिटीमा समर्पित भई काम गरिरहेको भएपनि केही सञ्चारमाध्यमले आफूँविरुद्ध भ्रामक र अर्नगल समचार लेखेकोप्रति आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो–‘गरेका गल्ती लेख्नुहोस् तर नगरेको गल्तीको भागिदार नबनाउनुहोस् ।’
कार्यक्रममा सूचना तथा प्रशारण विभागका महानिर्देशक गोगन हमालले विकासको स्तरलाई मूल्यांकन गर्नका लागि त्यस देशको प्राविधिक पक्षलाई हेरिने बताउनुभयो । जुन देश विकसित देशको रुपमा कहलिएको छ, ती देशहरुले प्राविधिक क्षेत्रमा उल्लेख्य फड्को मारेको जानकारी दिँदै उहाँले भन्नुभयो जुन देशले प्राविधिक क्षेत्रमा विकास गर्दछ ती देशहरु विकसित र समृद्धमा जोड दिनुभयो । अमेरिका, चीन, जापान, भारत बिकसित राष्ट्रको रुपमा कहिलिनु पनि त्यसैको उपज भएको उहाँको भनाई थियो ।

 

महानिर्देशक हमालले सञ्चारकर्मीहरुमा प्राधिकरण ज्ञान र दक्षता प्रर्याप्त नहुँदा जनतामा भ्रामक सन्देशहरु प्रवाह गरिरहेको बताउँदै पत्रकार तथा सञ्चारकर्मीहरुले समेत प्राविधिक ज्ञान र दक्षता हाँसिल गर्न आवश्यक रहेको बताउनुभयो । पछिल्लो समय पत्रकारिता क्षेत्र राजनीतिभित्र मात्र फन्को मारिरहेको बताउँदै अब पत्रकारहरुले आफ्ना समाचार र लेखमा प्राविधिक शिक्षालाई महत्वमा राख्नुपर्नेमा जोड दिनुभयो । ‘पत्रकारहरुले अब राजनीति जस्तै प्राविधिक शिक्षाको विषयमा आम जनताले बहसको विषय बनाउनका लागि अहम् भूमिका खेल्नुपर्दछ’–उहाँले भन्नुभयो ।
पत्रकार मुलुककै तेस्रो आँखा भएका कारण प्राविधिक क्षेत्रमा भएका तमाम समस्याहरुलाई बाहिर ल्याउन आग्रह गर्नुभयो । प्रविधिको प्रयोगसँगै सञ्चार माध्यमले न्यूज ब्रेक डाउन गर्ने नाममा गलत समाचारहरु सम्प्रेषण गरिरहेकाले त्यसप्रति सञ्चारकर्मीहरु सचेत बन्दै जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न सुझाव दिनुभयो ।

 

कार्यक्रममा फोरम फर हेल्थ टेक्निकलका अध्यक्ष शैलेन्द्र मोहन झाले नेपालमा उत्पादन भएका स्वास्थ्य जनशक्तिको बेलायत, क्यानडालगायतका विकसित राष्ट्रहरुमा समेत माग भईरहेपनि नेपालमा माग अनुसारका जनशक्ति उत्पादन गर्न नसकेको बताउनुभयो ।
उहाँले हाम्रै देशमा जनशक्तिको अभाव हुँदा विदेशमा माग भएअनुसारको जनशक्ति सप्लाई गर्न नसकेको जानकारी गराउनुभयो ।
कार्यक्रममा बोल्दै झाले कोरोना महामारीको समयमा आइसियु सञ्चालन गर्न सक्ने जनशक्तिको अभाव हुँदा ५ हजार मानिसको मृत्यु भएको जानकारी समेत गराउनुभयो ।

 

निजी शिक्षालय महासंघका अध्यक्ष भुवन जोशीले प्रविधिसँग जोडिएको शिक्षा भएपनि राज्यले त्यसलाई डकुमेन्टेशन नगरेको बताउनुभयो ।
नेपालमा शिक्षा प्रणाली व्यावहारिक नभएकाले गर्दा बेरोजगारको समस्या बढ्दै गईरहेको बताउनुभयो । उहाँले भन्नुभयो–‘नेपालको शिक्षा प्रणाली यस्तो छ कि जुन शिक्षा आर्जन गरेपछि न आफैँ केही गरेर खान सक्छ, न त कतै काम लाग्छ ।’

 

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा तराई विकास तथा सञ्चार केन्द्र नेपालको अध्यक्ष अध्यक्ष गोविन्द प्रसाद चौलागाईको सभापतिमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहट जिल्ला सभापति प्रेमचन्द्र झाले नेपालमा उत्पादन भएकाले नेपाल बनाउने अभियानमा लाग्नुपर्ने उपस्थित सरोकारवालाहरुलाई ध्यानाकर्षण गराउनुभएको थियो । कार्यक्रममा विभिन्न सञ्चार क्षेत्रमा सक्रिय भई पत्रकारिता गर्ने पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...