चौतारीले गर्यो स्वर्गीय पत्रकार नानीराम नेपाल आस्रित परिवारलाई ११ लाख सहयोग



हाम्रो इकोनोमि

 

 

 

कलिलो उमेरमा मृत्यु भएका प्रेस चौतारी नेपालका सहसंयोजक तथा नेपाल पत्रकार महासंघका सहसचिव नानीराम नेपालको आस्रित परिवारलाई ११ लाख रुपैयाँ हस्तान्तरण गरिएको छ । एमाले पोलिटब्यूरो सदस्य अरुण नेपाल र प्रेस चौतारी नेपालका बरिष्ठउपाध्यक्ष माधव नेपालले सो रकम नानीरामको परिवारलाई हस्तारण गरेका हुन् । प्रेस चौतारी सिन्धुपाल्चोकको संयोजनमा संकलित रकम स्वर्गीय पत्रकारको बालबच्चालाई पठनपाठनका लागि सहयोग गरिएको हो । दुई सय जना ब्यक्ति तथा संस्थाले सहयोग गरेको रकम एकमुष्टरुपमा शनिवार पत्रकार नेपालकै गाउँमा आयोजना गरिएको एक कार्यक्रममा हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा चौतारीका बरिष्ठउपाध्यक्ष माधव नेपालले संगठनले एक असल योद्धा गुमाएकोमा दुःख ब्यक्त गरेका थिए । उनको आस्रित परिवारका लागि चौतारी सिन्धुपाल्चोकले गरेको यो अभियानको नेपालले प्रशंसा पनि गरेका थिए । स्वर्गीय पत्रकार नानीराम नेपालको परिवारलाई सहयोग गर्ने मध्येमा ब्यक्तिगत रुपमा राप्रपा जिल्ला अध्यक्ष नीलध्वज थापाले ५० हजार र संस्थागतरुपमा नेकपा एमाले बलेफी गाउँ कमिटीले एकलाख रुपैयाँ सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...