शिक्षक आयोगले प्रकाशन गरेको विज्ञापन खारेज गर्नुपर्छ : प्रभु साह



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री प्रभु साहले शिक्षक सेवा आयोगले प्रकाशन गरेको विज्ञापन संशोधन वा खारेज गर्नुपर्ने माग गरेका छन् । शिक्षक सेवा आयोगले निम्न माध्यमिक शिक्षकका लागि खुलाइएको विज्ञानपन अस्वाभाविक, अदूरदर्शी, अवैज्ञानिक एवं पक्षपातपूर्ण रहेको दाबी गर्दै साहले त्यसलाई संशोधन वा खारेज गर्न माग गरेका हुन् ।

‘प्रदेश २ आज पनि साक्षरता, प्रतिव्यक्ति आय, औसत आयु र मृत्युदर लगायत समग्र मानव विकास सूचकाङ्कको हिसाबले समेत सबैभन्दा पछाडि छ । प्रदेश २ मा रहेको धेरै जनसंख्या, उच्च जनघनत्व र बढ्दो विद्यार्थी चापलाई समेत नजरअन्दाज गर्दै शिक्षक सेवा आयोगले निकालेको विज्ञापनमा सबैभन्दा कम सिटरपद संख्या प्रदेश २ लाई उपलब्ध गराइएको यस बदनियतपूर्ण कार्यलाई कुनै पनि हिसाबले सामान्यरस्वाभाविक मान्न सकिँदैन्’ साहले आफ्नो फेसबुक फेजमा लेखेका छन् ।

निमावि तहमा दुई हजार पाँच सय ९८ शिक्षकका लागि आयोगले विज्ञापन खुल्ला गरेको छ । तर अन्य प्रदेशको तुलनामा प्रदेश २ मा शिक्षक मागको संख्या थोरै रहेको छ ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...