देशको शिर निहुँरीने कुनै पनि काम गर्दिन र गर्न दिन्न : मन्त्री आले



 

 

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले देशको शिर निहुँरीने खालका कुनै पनि काम र गतिबिधि नगर्ने बताउनु भएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा मन्त्रालयले आज आयोजना गरेको एक कार्यक्रमलाई सम्बोन गर्नु हुँदै मन्त्री आलेले तीन करोड नेपाली जनताको हितका लागि काम गर्न आफु मन्त्री भएकाले पदमा रहदा वा नरहदा गलतकाम कहिल्यै पनि नगर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली नागरिक र देशको हित हुने बाहेक म अन्य कुनै पनि गलत काम गर्दिन र गर्न पनि दिन्न ।”

कसैको करकाप तथा दबाबमा पनि गलतकाम नगर्ने र त्यस्ता कार्य गर्नेलाई कारवाहि गरिने समेत मन्त्री आलेले स्पष्ट पार्नुुभयो । मन्त्री भएको दुइ महिने कार्यकालमै आफुले मन्त्रालय तथा मातहतका निकाएमा हुँदै आएका कमी कम्जोरी तथा गलत कामलाई निरुत्साहित गर्दै आएको दाबी गर्नु हुँदै मन्त्री आलेले थप भन्नुभयो, “मन्त्रालय तथा मातहतका निकाएमा सदियौँदखि हुँदै आएका सूचना, टेन्डर (ठेक्का) सेटिङगर्ने देखि अन्य बिभिन्न कामलाई बन्द गरेको छु, गलत काम गर्ने कारवाहि गर्छु, राम्रो काम गर्ने लाई पुरस्कृति गर्छु ।” मन्त्रालय तथा मातहतका निकायमा हुने गरेका कमी कम्जोरीका बारेमा जानकारी भए आफुलाई जानकारी दिन समेत उहाँले सबैमा आग्रह गर्नुभयो ।

उक्त कार्यक्रमका अधिकाँस बक्ताहरुले नेपालका बिमानस्थलमा पलाएका घासमा चरा चुरुङ्गीले गुड बनाउने भएका कारण चराहरु र जङ्गली जनावर बिमानमा ठोकिने र ठूलो दुर्घटना हुन सक्ने सम्भावना रहेकाले बिमानस्थल आसपासमा पलाएका ठूला घासहरु हटाउनु पर्ने माग राखेका थिए । बक्ताहरुले राखेका मागहरुको सम्बोधन गर्ने क्रममा मन्त्री आलेले बिमानस्थलमा उम्रिएका घास तत्काल काट्नका लागि सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । “बिमानस्थलमा उम्रिएका घासहरु हटाउनुस, घास नहटाएका कारण बिमानमा जनावार वा चराचुरुङ्गीबाट क्षती वा दुर्घटना भए त्यसको भागिदार सम्बन्धित बिमानस्थल प्रमुख हुने छ” उहाँले भन्नुभयो, “घास काट्ने बजेट बिनियोजन गछौँ, घास हटाउनुस ।”
मन्त्रालयका सचिब महेश्वर न्यौपानेले नेपाल वायुसेवा निगमलाई माथी उकास्नका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “वायुसेवा निगमले जहाज किनेको ऋण तिर्नै बाँकी छ, निगमलाई जोगाइ राख्न भएपनि सबैको साथ र सहयोग अपरिहार्य रहेको छ ।” यसैगरी नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले बमिानस्थल तथा नेपाल वायुसेवा निगमहरुमा सुधारका कामहरु भइरहेको जानकारी दिनुभयो । विमल विष्ट

प्रतिक्रिया दिनुहोस
रास्वपाले पोखरा र काठमाडौंमा प्रदर्शन गर्ने

    सभापति रवि लामिछाने पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरा र

रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्