जनआकर्षणको लहरमा ओली बा…..



 

 

नेकपा एमालेको अध्यक्ष केपी ओलीको जनआकर्षणको लहर धेरै बढेको छ । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा उर्लिएको जनसागर देखेर आज नेपाल मात्र होईन विश्व जगत नै चकित परेको छ । दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा जनताको जुन लहर देखियो त्यसका पछाडि जननेता मदन भण्डारी र जबजको महत्वपूर्ण र आधारभूत भूमिका देखिन्छ ।

ओली नेतृत्वको सरकारले गरेका तमाम कामहरु नै यस खालको जनआकर्षणको लहर आएको हो । तमाम जाली झेली फरेवी दुष्प्रचार गरेर केही दिन आम जनतालाई भ्रमित पारे पनि साँचो डग्दैन भन्ने स्पष्ट भयो, कुनै पनि वस्तु र विषयलाई समग्रतामा सुदूरदृष्टिका साथ आत्मसात् गर्नुपर्छ । आग्रह रहित भएर निस्पक्ष र स्वतन्त्र अध्ययन, विश्लेषण, सूक्ष्म निरीक्षणबिना वस्तु, व्यक्तिको चिनारी पनि बोक्रे हुने रहेछ ।

एमाले र ओलीकै नेतृत्वमा सरकार बन्न सक्ने अवस्था देखेर  बाह्य शक्ति न्यायपालिका समेत ध्वस्त पार्न उद्यत छन । लोभका पछि लाग्ने वा हत्तेहाल्ने मानिस समाजमा कहीँ देख्दैन र तिनीहरु आफूले खनेका खाल्टामा परिरहेका छन् । सबै मिलेर गर्नु नगर्नु गरेपछि एउटालाई मात्र दोषी करार गरेर चोखिनखोजेको भद्दा दृश्य सर्वोच्चमा देख्नु परिरहेको छ । लेनदेन र सेटिङका भरमा सिङ्गो सरकार बनाउनेले एक थान मन्त्री बनाउन खोजेको विषय उछालेर आफ्नो धृणित अपराधी चरित्र ढाकछोप गर्न खोजिरहेका छन् । कुरा सफा छ सर्वोच्च अदलतको बखेडा न्यायालयलाई अझ विकृत बनाउने दुराशयबाट ग्रस्त देखिन्छ । बालुवाटार जग्गा प्रकरण, १४ जना एमालेले कारवाही गरेका सभासद् प्रकरण, ज्यानमारा अभियोगी सभामुख प्रकरण, क्यान्टोन्मेन्ट घोटालालगायत विषयलाई आममाफी दिन र दिलाउनका लागि कालोकोटका नाममा केहि वोकिल  न्यायको मन्दिरमा परेड खेलिरहेका छन र खेलाइएका छन् ।

देश र जनताको उत्थानमा सक्रिय र समर्पित रहने सोच र क्षमता भएका नेतालाई लामो उमेर र अवधि चाहिँदो रहेनछ । जननेता मदन भण्डारीले संसारबाट हराएको र बिलाएको कम्युनिष्ट आन्दोलनको झण्डा नेपालमा छोटै अवधिमा फहराएकाले कम्युनिस्ट नामका चरम अवसरवादी र उग्रवादीले नाङ्ले पसल खोल्न पाएका हुन । ठीक त्यस्तै १५ वर्ष नेतृत्व लिएका माकुनेका अगाडि वकिलको पार्टी र सरकारको कार्यकालमा आकाश र पातालको फरक देखियो । शम्भु थापा र टीकाराम भट्टराइ थरि वकिलले अत्यन्त सीमित व्यक्तिहरु जो देश र जनताको भलो गरेको देख्न सक्तैनन्, । आफू राम्रो गर्न नसक्ने अरुले गरेको राम्रोपनि देख्न नसक्ने केही वोकिल, प्रधानन्यायाधीश र नागरिक अभियन्ताका नामका केही मानिस आफ्नो आङको भैँसी देख्दैनन ।

( लेखक , अनिता श्रेष्ठ प्रेस चौतारी नेपाल काठमाण्डौ शाखाको कार्यसमिति सदस्य हुन )

प्रतिक्रिया दिनुहोस
पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्

साना दल फुटाउन अध्यादेश आउने संकेत

    विपक्षी दलहरुले साना दलहरु फुटाउन सरकारले अध्यादेश ल्याउनसक्ने आशंका गरेका छन्

रवि लामिछाने पक्राउ पर्न सक्छन् : प्रचण्ड

     माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ पर्नसक्ने

समस्याग्रस्त सहकारीका ऋणीले ७ दिनभित्र ऋण तिर्नैपर्ने

    समस्याग्रस्त घोषणा भएका १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न