नेपाल वायुसेवालाई कालोसूचीबाट हटाउन युरोपियन युनियन सकारात्मक



हाम्रो इकोनोमि

 

 

 

 

नेपाल वायुसेवालाई कालो सूचीबाट हटाउन युरोपियन युनियन सकारात्मक देखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र युरोपेली संघको एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीको टोलीले आज मन्त्रालयमा गरेको सिष्टाचार भेटवार्तापछि मन्त्रीको आग्रहमा वायुसेवा निगमको कालोसूची हटाउनमा युरोपियन युनियन सकारात्मक देखिएको हो । युरोपेली युनियनले हरेक ६÷६ महिनामा सार्वजनिक गर्ने एयर सेफ्टी लिस्टमा नेपालमाथिको प्रतिबन्ध कायमै राखेको छ ।
नेपाल पछिल्लो ८ वर्षदेखि लगातार ईयूको एयर सेफ्टी लिस्ट (कालोसूची) मा परेको छ ।

 

यो सूचीमा रहेका वायुसेवा कम्पनीका जहाज युरोपियन युनियनका देशको आकाशमा उड्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ । नेपाली हवाई उद्योग सन् २०१३ देखि नै युरोपमा प्रतिबन्ध गरिएको छ । उक्त भेटवार्ताका क्रममा मन्त्री आलेले युरोपियन युनियनले नेपाल वायुसेवा निगमलाई कालो सूचीमा राखेकाले हटाइ दिन आग्रह गर्नु भएको थियोे । मन्त्री आलेको आग्रह पछि निर्देशक पाम्पोलोनीले नेपाल वायुसेवालाई कालो सूचीबाट हटाउने विषयमा युरोपियन युनियन सकारात्मक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “वायुसेवा निगमलाई कालो सूचीबाट हटाउन सकारात्मक कुरो सुरु भएको छ, कालो सूचीबाट हट्ने छ ।”

 

उक्त छलफका क्रममा दुइ पक्षिय सहयोगका बिभिन्न विषयमा छलफल भएको थियो । नेपाल–सघ संयुक्त आयोगको तेह्रौँ बैठकमा भाग लिन तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिबारदेखि उहाँहरु काठमाडौँमा हुनुहुन्छ । उक्त भेटवार्ता तथा छलफलमा युरोपेली संघका तर्फबाट राजनितिक शाखा प्रमुख स्टेफेन नेकोन, डेस्क अधिकृत जान होम्कोफ तथा शाखाका उप प्रमुख इभो स्चुट रहनु भएको थिए भने नेपालका तर्फबाट नेपाल नागरिक उड्यन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्री, हवाइ सुरक्षा बिभागका निर्देशक राजु श्रेष्ठ, मन्त्रालयका सह सचिब डा टोकराज पाण्डेय तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधीको सहभागिता रहेको थियो । विमल विष्ट

 

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...