नेपाल बायुसेवालाई कालोसूचीबाट हटाउन मन्त्री आलेको आग्रह



हाम्रो इकोनोमि

 

 

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवालाई कालो सूचीबाट हटाउन आग्रह गर्नु भएको छ । युरोपियन युनियनका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीसँग आज मङगलबार मन्त्रालयमा भएको सिष्टाचार भेटवार्ताका क्रममा मन्त्री आलेले युरोपियन युनियनले नेपाल वायुसेवा निगमलाई कालो सूचीमा राखेकाले हटाइ दिन आग्रह गर्नु भएको हो ।

मन्त्री आलेको आग्रह पछि निर्देशक पम्पोलिनीले नेपाल वायुसेवालाई कालो सूचीबाट हटाउने विषयमा युरोपियन युनियन सकारात्मक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “वायुसेवा निगमलाई कालो सूचीबाट हटाउन सकारात्मक कुरो सुरु भएको छ, कालो सूचीबाट हट्ने छ ।” उक्त छलफका क्रममा दुइ पक्षिय सहयोगका बिभिन्न विषयमा छलफल भएको थियो । नेपाल–सघ संयुक्त आयोगको तेह्रौँ बैठकमा भाग लिन तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिबारदेखि उहाँहरु काठमाडौँमा हुनुहुन्छ । विमल विष्ट

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...