३५ दिनभित्र ऋण नतिरे सिभिल मल लिलामी हुने



हाम्रो इकोनोमि

 

 

कर्मचारी सञ्चय कोषले व्यवसायी इच्छाराज तामाङको स्वामित्वमा रहेको सिभिल स्टेट्स प्रालिलाई आफ्नो ऋण तिर्न आउन भन्दै ३५ दिने सूचना जारी गरेको छ । एक सार्वजनिक सूचनामार्फत कोषले सुन्धारास्थित सिभिल मल धितोमा राखेर लिइएको ऋण तिर्न ताकेता गरेको हो ।

ऋणको सावाँ र ब्याज रकम भुक्तानीको लागि दिइएको भाका नाघेको भन्दै कोषले ३५ दिनभित्रै ऋण तिर्न नआए सिभिल मल लिलामी गर्ने बताएको छ । यदि धितोबाट रकम असुली नभए जमानी दिनेहरुको व्यक्तिगत सम्पत्तिबाट असुल गरिने सूचनामा उल्लेख छ ।

सुन्धारास्थित ६ रोपनी जग्गामा रहेको मलको सञ्चालकमा इच्छाराज तामाङ, केशवलाल श्रेष्ठ र प्रविण मुखिया छन् । ८२ हजार ९५ वर्गफिटको यो मलमा १३२ पसल कबल उपलब्ध छन् ।

मल धितोमा राखेर ऋण लिँदा तामाङ, श्रेष्ठ र मुखियासहित लालकाजी गुरुङ, रामकृष्ण पौडेल, हरिहरप्रसाद लामिछाने, प्रविणप्रसाद प्रधान र सुमन नन्दन वैद्य जमानीकर्ताका रुपमा छन् । कोष स्रोतमा अनुार कम्पनीले करिब २० करोड रूपैयाँ ऋण तिर्न बाँकी छ । नियमित रूपमा सावाँ र ब्याज नतिरेपछि सूचना निकालिएको  कोषका एक अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...