काठमाडौ–बैङकक हवाई उडान पुनः सुचारु हुने



हाम्रो इकोनोमि

 

 

 

कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको काठमाडौँ–बैङ्कक हवाई उडान पुनः सुचारु हुने भएको छ । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र नेपालका लागि थाईल्याण्डका राजदुत भोसिता भोरासफ बिच आज बिहिबार मन्त्रालयमा भएको सिष्टाचार भेटघाटका क्रममा राजदुत भोरासफले केही दिन भित्रमा काठमाडौँ–बैङ्कक नियमित हवाई उडान गरिने जानकारी दिनु भएको हो । राजदुतसँगको भेटवार्तापछि अब केही दिन भित्रमा काठमाडौँ–बैङ्कक नियमित हवाई उडान हुँने भएको छ ।

 

भेटघाटका क्रममा मन्त्री आलेले राजदुत भोरासफलाई लुम्बिनी क्षेत्रमा थाईल्याण्ड सरकारले गरेको सहयोग प्रति धन्यबाद व्यक्त गर्नु हुँदै लुम्बिनीमा रहेको मेटरनेटी हस्पिटलका लागि सहयोग गर्न आग्रह गर्नु भयो । यसैगरी मन्त्री आलेले नेपाली नागरिकलाई थाईल्याण्डको भिसाका लागि सहजिकरण गर्न तथा नेपाली नागरिकहरु उपचारका लागि बैङ्कक जाँदा सहुँलियत पूर्ण उपचारको व्यवस्था मिलाउन आग्रह गर्नु भएको थियो । भेटवार्ताकै क्रममा मन्त्री आलेले नेपाल थाईल्याण्डको पुरानो एैतिहासिक सम्बन्ध रहेको र त्यसलाई थप मज्बुद बनाइराख्न दुबै देशका थर्फबाट अधिकतम प्रयास गरिनु पर्ने कुरामा जोड दिनुभयो ।

भेटका क्रममा राजदुत भोरासफले लुम्बिनीको बृद्धि विकासका लागि आफ्ना तर्फबाट अधिकतम प्रयास गर्ने बताउनु भयो । यसैगरी राजदुत भोरासफले नेपाल सरकारले गरेको सहयोग प्रति धन्यबाद प्रकट गर्नुभयो । उक्त भेटवार्तामा संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा परराष्ट्रमन्त्रालयका प्रतिनिधीहरु पनि सहभागि रहेका थिए । विमल विष्ट

 

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...