यतीको धमाकेदार दशैँ तिहार अफरको स्कुटर जिते जीतबहादुर खत्रीले



हाम्रो इकोनोमि

 

 

 

निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सले सञ्चालन गरेको धमाकेदार दशैं तिहार अफरमा जीतबहादुर खत्री भाग्यशाली विजेता बनेका छन् । यतीले घटस्थापनादेखि छठ पर्वसम्म यात्रा गर्ने यात्रुका लागि सञ्चालन गरेको धमकेदार दशैं तिहार अफरको भाग्यशाली विजेता खत्री बनेका हुन् । उनले पोखरा – काठमाडांैको उडान गरेका थिए । यतीले आज यहाँ फेसबुक लाईभ मार्फत् आयोजना गरेको लक्की ड्र कार्यक्रमबाट खत्री लाई विजेता घोषणा गरिएको हो ।

विजेता बनेसँगै उनले रु दुई लाख ६७ हजार ९०० मूल्य बराबरको यामाहा फसिनो एफआई १२५ स्कुटर प्राप्त गरेका छन् । यस अघि सो अवधिमा यती एअरलाइन्समा यात्रा गर्ने यात्रुहरु मध्येबाट ३ जना भाग्यशाली विजेता छानिने घोषणा गरेअनुसार आज ३ जना बिजेता घोषणा गरिएको हो ।
यती धमाकेदार दशैं तिहार अफरको दोस्रो भाग्यशाली विजेता धुब्रराज भट्टराई बन्नुभएको छ । भट्टराई दोस्रो विजेता बनेसँगै एक जोडीका लागी काठमाडौँ–दुवई– काठमाडौं को दुईतर्फी फ्रि टिकेट प्राप्त गरेका छन् । यस्तै, तेस्रो भाग्यशाली विजेता सरुप्य सत्याल बनेका छन् । तेस्रो विजेता बनेका सत्यालले हिराको टप प्राप्त गरेका छन् ।

यतीको धमाकेदार दशैँ तिहार अफरको प्रथम पुरस्कारलाई यामाहा कम्पनी, दोस्रोलाई सस्तो टिकट अनलाइन र तेस्रोलाई श्री बालाजी डाइमण्डले प्रायोजन गरेको थियो ।

यती एअरलाइन्सले सञ्चालन गरेको धमाकेदार दशैं तिहार अफरअन्तर्गत ३५ दिनमा एक लाख ७ हजार ५५ जनाले यती एअरलाइन्समार्फत् देशका विभिन्न गन्तव्यस्थलमा यात्रा गरेको एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । गत वर्षहरुमा पनि यस्ता कार्यक्रम आयोजना गर्दै आएको यती एअरलाइन्सले आगामी दिनमा पनि यात्रु लक्षित यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रवक्ता बर्तौलाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...