पर्यटन मन्त्री आले र इजरायली राजदूतबीच भेटवार्ता



 

 

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेसँग नेपालका लागि इजरायलका राजदूत हेनान गोदरले आज सोमबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत रहेको थियो । मन्त्रालयमा भएको भेटवार्ताका क्रममा राजदूत गोदरले इजरायल र काठमाडौँ बिच सिधा हवाई उडानका लागि इजरायल सरकारले पहल गर्ने आश्वासन दिनुभयो । सोही क्रममा राजदूत गोदरले इजरायल–भैरहवा सिधा हवाइ उडान गर्न इजरायल सरकार इच्छुक रहेको जानकारी समेत दिनुभयो ।

 

साथै भेटवार्ताका क्रममा मन्त्री आलेसँग राजदूत गोदरले दुइ हप्ता भित्रमा कम्तीमा पनि एक हजार नेपाली कामदार इजरायल लैजाने कार्यक्रम रहेको र सोका लागि नेपाल वायुसेवा निगमको ब् घघण् जहाँज भाडामा लिन इच्छुक रहेको बताउनुभयो । यसैगरी राजदूत गोदरले नेपालको आन्तरिक हवाइ उडानमा बिदेशी र नेपालीको असमान हवाइ भाडादरका विषयमा चासो व्यक्त गर्नु भएको थियो । राजदूत गोदरसँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाल र इजरायल बिच सिधा हवाइ सम्पर्कका लागि आफुहरु तयार रहेको बताउनुभएको थियो ।

 

नेपालको आन्तरिक हवाइ उडानमा बिदेशी र नेपालीको असमान हवाइ भाडादर घटाउन पहल गर्ने मन्त्री आलेले राजदूत गोदरलाई आश्वासन समेत दिनुभयो । भेटवार्ताकै क्रममा राजदूत गोदरले ९मचष्खभ ष्ल अष्लझब० गाडीमा बसी ५० वटा ठूलो पर्दामा फिलिम हेर्न मिल्ने प्रबिधि नेपालमा पहिलो पटक प्रयोग गरी ५० मिनेटको इजरायलको फिलिम हेर्ने कार्यक्रमको प्रमुख आतित्थ्यका लागि मन्त्री आलेलाई निमन्त्रण समेत गर्नुभयो । दुइ हप्ता पछि उक्त कार्यक्रम नेपालको सोल्टि होटेलमा उद्घाटन गरिने जनाइएको छ ।

 

भेटकै क्रममा मन्त्री आलेले नेपालको विविधि क्षेत्रमा इजरायले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्‍वास समेत व्यक्त गर्नुभयो । नेपाल सरकारले निजगढमा निर्माण गर्न लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लगानीकर्ता जुटाइ दिन वा न्द्दन् मार्फत काम गर्न समन्वय गरिदिन मन्त्री आलेले राजदुत गोदरसँग आग्रह गर्नुभयो । सो विषयमा राजदुत गोदरले आवश्यक समन्वय र पहल गर्ने आश्वासन दिनु भएको छ । विमल विष्ट

प्रतिक्रिया दिनुहोस
रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्

साना दल फुटाउन अध्यादेश आउने संकेत

    विपक्षी दलहरुले साना दलहरु फुटाउन सरकारले अध्यादेश ल्याउनसक्ने आशंका गरेका छन्