युरोप र एसियामा बर्ड फ्लू फैलिँदै



हाम्रो इकोनोमि

 

 

 

युरोप र एसियामा गम्भीर प्रकृतिको बर्ड फ्लू देखा पारेको छ । प्राणी स्वास्थ्यसम्बन्धी विश्व संगठन (ओआईई) समक्ष पेश गरिएको पछिल्लो रिपोर्टमा युरोप र एसियामा बर्ड फ्लू फैलिन थालेको उल्लेख छ ।

सोमबार दक्षिण कोरियाको चुङचेओङबुक डुस्थित एक कुखुरा फार्ममा बर्ड फ्लू देखा परेको छ । बर्ड फ्लू देखा परेपछि उक्त फार्ममा रहेका ७ लाख ७० हजार कुखुरा मारिएको समाचारमा बताइएको छ । त्यस्तै, उत्तरपूर्वी जापानको एक फार्ममा समेत यस वर्षको हिउँदमा पहिलो पटक एच५एनड नामक बर्ड फ्लूको उप-प्रजाति देखा परेको छ ।

युरोपका कतिपय मुलुकमा समेत बर्ड फ्लू देखा पर्न थालेको छ । नर्बेको रोगाल्याण्ड क्षेत्रमा ७ हजार चराचुरुङ्गीमा एच५एन१ बर्ड फ्लू देखा परेको ओआईईले जनाएको छ ।

विशेषगरी शरद ऋतुमा बसाइँसराइँ गरेर आउने चराबाट बर्ड फ्लू सर्ने गरेको पाइन्छ । एन्टवर्प क्षेत्रमा एक जंगली हाँसमा निकै संक्रामक बर्ड फ्लू देखा परेपछि बेलिजय सरकार सतर्क बनेको र कुखुरालाई भित्रै राख्न आदेश दिएको छ ।

यसअघि अक्टोबर महिनामा फ्रान्स र नेदरल्याण्डका कुखुरा फार्ममा समेत सतर्कता अपनाइएको थियो ।

ओआईईसमक्ष पेश गरिएको पछिल्लो प्रतिवेदनबाट बर्ड फ्लू भाइरस तीव्र रुपले पुन: फैलिन थालेको प्रस्ट हुन्छ । यसअघि देखा परेको बर्ड फ्लूका कारण कुकुरा र हाससहित करौडौं चराचुरुङ्गीलाई मारिएको थियो । पछिल्लो पटक पुन: बर्ड फ्लू देखा पर्न थालेपछि सरकार र कुखुरा व्यवसायीहरु सतर्क बन्न थालेका छन् ।

बर्ड फ्लू मानिसमा समेत सर्न सक्ने हुँदा यसले रोग विशेषज्ञहरूको तानेको छ । यस वर्ष मात्रै चीनमा बर्ड फ्लूको उप-प्रजाति एच५एन६बाट २१ मानिस संक्रमित भइसकेका छन् । तर कुखुराबाट उत्पादित वस्तु सेवन गर्दा मानिसमा बर्ड फ्लू सर्दैन ।

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...