पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी रक्सी काण्डमा



 

 

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी रक्सी काण्ड मच्चाएका छन् । लण्डनमा आयोजना भएको विश्व ट्राभल मार्टमा सहभागी भएर नेपाल फर्कदा ६ बोत्तल रक्सि उनले बोकेका थिए । विदेशबाट आउँदा एक जनाले एक बोतल रक्सी ल्याउन पाउने नियम भएपनि उनले ६ बोत्तल रक्सि ल्याएपछि सीईओ रेग्मी र भन्सार चेकिङमा बसेका कर्मचारीबीच धकेला–धकेल भएको थियो । नेपाल पर्यटन बोर्डका सीईओ रेग्मीलाई त्रिभुवन भन्सार कार्यालयले ५ हजार रुपैयाँ जरिवाना तिराएको छ । भन्सार कार्यालय प्रमुख महेश भट्टराईले भने, ‘म व्यक्ति को हो चिन्दिन, तर भन्सार कर्मचारीमाथि दुर्व्यवहार भएपछि जरिवाना तिराइएको छ ।’ पर्यटन बोर्डका सीईओ डा। रेग्मीले भन्सार कर्मचारीसँग विवाद भएको स्वीकार गरे ।

मलाई दुर्व्यवहार गरे : सीईओ रेग्मी

६ जनाकै रक्सीको ब्याग मैले बोकेको थिएँ । जब म भन्सारको चेकिङ पूरा गरेर अगाडि बढ्न खोजेँ, भन्सारका एक जना कर्मचारीले त्यसलाई समात, भन्दै तँ तँ म म बोल्दै मलाई रोक्न खोजे । त्यो क्रममा मेरो हातमा भएको ब्याग स्वीङ हुने क्रममा उहाँलाई धकेलियो ।

त्यसपछि कर्मचारीलाई निहुँ भइहाल्यो । हात हालियो भन्ने इस्यू बनाइयो । खासमा अन्य साथीहरुको रक्सीको बोतल मैले बोकेका कारण यो भन्सार विपरीत काम भएको भन्नुभयो । मैले यो मेरो मात्र होइन, अन्य साथीहरु इमिग्रेसनको लाइनमा हुनुहुन्छ, उहाँहरुको बोतल मैले बोकिदिएको हो भन्दा मेरो कुरा कसैले पनि सुनेन । त्यसपछि मलाई मापसे सेवन गरेको भनेर रिपोर्ट बनाइयो । मैले हवाइ यात्राभर मदिरा पिएको थिइन । १४,  १५ घण्टा अगाडि होटेलमै पिएको थियो । तर, मलाई चेकजाँच नै नगरी कसरी मापसे पोजेटिभ रिपोर्ट बनाइयो, म छक्क परेँ । त्यहाँ प्रश्न गर्ने कोही थिएन ।

प्रतिक्रिया दिनुहोस
रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्

साना दल फुटाउन अध्यादेश आउने संकेत

    विपक्षी दलहरुले साना दलहरु फुटाउन सरकारले अध्यादेश ल्याउनसक्ने आशंका गरेका छन्