पर्यटन बोर्डका सीईओ र भन्सारका कर्मचारीबीच धकेला–धकेल



 

 

शनिबार (भाइटीका)का दिन नेपाल पर्यटन बोर्डका सीईओ डा. धनन्जय रेग्मी र भन्सारका कर्मचारीबीच लफडा भएको छ । तर, दुबै पक्षले एक–अर्काका कारण घटना भएको दावि गरेका छन् । लण्डनमा आयोजना भएको विश्व ट्राभल मार्टमा सहभागी भएर  नेपाल फर्किएका सीईओ र भन्सार चेकिङमा बसेका कर्मचारीबीच धकेला–धकेलासम्मको अवस्था आएको छ ।

नेपाल पर्यटन बोर्डका सीईओ रेग्मीलाई त्रिभुवन भन्सार कार्यालयले ५ हजार जरिवाना तिराएको छ । भन्सार कार्यालय प्रमुख महेश भट्टराईले भने, ‘म व्यक्ति को हो चिन्दिन, तर भन्सार कर्मचारीमाथि दुर्व्यवहार भएपछि जरिवाना तिराइएको छ ।’

उता, नेपाल पर्यटन बोर्डका सीईओ डा. रेग्मीले भने घटना भएको स्वीकार गरे । विमानस्थलमा झरेपछि सीसीएमसीदेखि भन्सार कटुन्जेल कर्मचारीको तुच्छ व्यवहार र बोली सहन नसकेपछि आफुले आवाज उठाउन खोज्दा मापसे गरेको भन्दै आफुलाई फसाउन खोजिएको उनले बताए ।

भन्सार कर्मचारीले डा. रेग्मीले हातपात गरेको बताएका छन् । यता, रेग्मीले भने भन्सार चेक पार गरिसकेपछि पनि ‘तँ तँ म म’, ‘त्यसलाई रोक’ भन्दै कर्मचारीले तान्न खोजेपछि आफूले धकेलेको बताए । अध्यागमनदेखि भन्सारसम्म हरेक दिन विमानस्थलमा जनताले सास्ती पाएका छन्, अरु सर्वसाधारणले बोल्दा कतै सुनिदैन, मैले बोल्न खोजे, इस्यू बनाइयो,’ उनले भने।

 

प्रतिक्रिया दिनुहोस
रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्

साना दल फुटाउन अध्यादेश आउने संकेत

    विपक्षी दलहरुले साना दलहरु फुटाउन सरकारले अध्यादेश ल्याउनसक्ने आशंका गरेका छन्