मन्त्री आलेले गरे युवा खुशी हुँने अर्को काम, आरटी–पीसीआर अब १२ सयमा



हाम्रो इकोनोमि

 

 

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बैदेशि रोजगारीमा जाने युवाहरुका लागि खुशीको खबर ल्याइ दिनु भएको छ । मन्त्री पदको कार्यभार सम्हालेदेखि कर्मचारी, नागरिक खुशी तथा उनीहरुका हितका विषयमा उचित कदम उठान गर्दै आउनु भएका उहाँले अहिले भने युवाहरु खुशी हुने कदम चाल्नु भएको छ । मन्त्री आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशीने नेपाली यात्रुबाट कोभिड–१९ परीक्षण गरेबापत लिइदै आएको आरटी–पीसीआर परिक्षणको शुल्क ह्वात्तै घटाइ दिनु भएको छ ।

बैदेशिक रोजगारीमा जाने युवाहरुले अनिवार्य गर्नु पर्ने उक्त परिक्षणको शुल्क बढी लिइएको गुनासो व्यापक रुपमा बढेपछि शुक्रबार आफै अन्तर्राष्ट्रिय विमानस्थलमा छड्के अनुगमनमा जानु भएका मन्त्री आलेले रोजगारीका लागि तेस्रो मुलुक जाने युवाहरुबाट लिइदै आएको आरटी–पीसीआर परिक्षणको शुल्क बढी भएको र तत्काल घटान निर्देशन दिनु भएको थियो । मन्त्री आलेकै निर्देशन पछि अहिले उक्त आरटी–पीसीआर परिक्षणको शुल्क प्रयोगशालाले रु एक हजार २०० मात्रै लिन पाउने व्यवस्था कामय गरिएको छ । त्यस अघि उक्त परिक्षण बापत प्रयोगशालाले रु दुई हजार रुपैयाँ लिने गरेको यात्रुको आरोप थियो ।

मन्त्री आलेले आरटी–पीसीआरको शुल्क घटाउन व्यवस्था गर्न निर्देशन दिनु भएसँगै अहिले प्रयोगशालालाई पनि शुल्क घटाउन निर्देशन दिइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्‍चालन विभाग प्रमुख सुरेशप्रसाद खनालले जानकारी दिनुभयो । विमानस्थल परिसरभित्र स्टार अस्पताल, टीजी मेडिसिन डिष्ट्रिब्यूटर्स प्रालि, क्रिस्टल डाईग्नोष्टिक प्रालि, अल्फा हेल्थ केयर एण्ड डाईग्नोष्टिक, क्लिनिकल एण्ड मोलिकुलर जेनेटिक, कोरोना ट्रेडिङ कम्पनी, सिद्धि पोलिक्लिनिक र विध ल्याबले पीसीआरका लागि नमूना सङ्कलन गर्दै आएका थिए ।
अन्तर्राष्ट्रिय गन्तव्यमा उड्नुअघि अधिकाशं मुलुकले नेपालबाट उड्नुभन्दा अघिको विभिन्न समय तोकेर नेगेटीभ आरटी–पीसीआर रिपोर्ट अनिवार्य साथैमा बोक्नुपर्ने नियम लागू गरेकाले नेपालले ४८ घन्टाअघिको पीसीआर रिपोर्ट अनिवार्य गरेको छ । यसका लागि विमानस्थलको गोल्डनगेटसँगको आइएमएस विल्डिङमा ८ वटा प्रयोगशालाले नमूना सङ्कलन गर्दै आएका छन् । विमल विष्ट

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...