मझगाँउ बिमानस्थल शुचारु गरेरै छोड्छु : मन्त्री आले



हाम्रो इकोनोमि

 

 

संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री प्रेमबहादुर आलेले लामो समयदेखि बन्द अवस्थामा रहेको कञ्चनपुरको मझगाँउ बिमानस्थल सुचारुका लागि पहल भइरहेको बताउनु भएको छ ।  बुधबार उक्त बिमानस्थलको निरीक्षण अवलोकनका लागि पुग्नु भएका मन्त्री आलेले बिमानस्थलको स्तरोन्नती गरी चाडै नै बिमानस्थल सुचारु गरेर नागरिकलाई सेवा दिने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले भन्नुभयो, “बिमानस्थलको केही क्षेत्रफल बिस्तार गर्नु पर्ने देखिएको छ, चाडै नै कामको सम्झौता गराएर बन्द रहेको बिमानस्थल सुचारु गराएरै छोड्छु ।”
बिमानस्थलको अवलोकन निरीक्षणका लागि पुग्नु भएका मन्त्री आलेलाइ त्यहाँका नागरिकले बिमानस्थलको दक्षिणतर्फ सेनाको व्यारेकसम्म कम्तीमा पनि ५०० मिटर क्षेत्रफल विस्तार गरी सञ्चालन गर्नु पर्ने सुझाब दिएका थिए ।

नागरिकले दिएको सुझाबमा मन्त्री आलेले एकहजार ५२४ मिटर रनवेय रहेको मझगाँउ बिमानस्थलको दक्षिणतर्फ थप बृद्धि गरी निकट भविष्यमै यो बिमानस्थल सञ्चालनमा ल्याइने बताउनुभयो । उहाँले थप भन्नुभयो, “बिमानस्थल बन्द अवस्थामा रहन दिइने छैन, सम्पूर्ण कागजी प्रकृया पुरा गरी चाडै बिमानस्थल सञ्चालनमा आउछ ।”

यसैगरी मन्त्री आलेले कैलालीको धनगढीमा रहेको गेटा बिमानस्थल क्षेत्रीय स्तरको बिमानस्थल बनाउने लक्षअनुसार काम अगाढी बढाइएकाले यहाँका नौवटै जिल्लाका बिमानस्थलहरु सुचारु भएरै छोड्ने दाबी गर्नु भयो । सुदूरपश्चिमका प्रमुख पर्यटकिए स्थल खप्तड, रमारोसन, लगायतका क्षेत्रमा पर्यटकलाई अक्रर्सित गराउनका लागि भएपनि गेटा बिमानस्थल क्षेत्रीय बिमानस्थल बनाउनु पर्ने र अन्य पहाडी जिल्लाका बिमानस्थलपनि सुचारु गर्नु पर्ने अवस्था सृजना भएको मन्त्री आलेको धारणा थियो । तीनै तहका (स्थानीय, प्रदेश र संघीय) सरकार मिलेर यहाँका बन्द रहेका सबै बिमानस्थल सञ्चालनका लागि अग्रसर हुनु पर्ने उहाँको भनाइ थियो । विमल विष्ट

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...