नागरिक खुशी हुँने मन्त्री आलेको अर्को कदम सुरु, नेपाल वायुसेवा निगमले सुदूर पहाडमा उडान भर्ने



 

 

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो पदबहाली ग्रहण गरेको हप्ता दिनपनि बित्न नपाउँदै एक पछि अर्को गर्दै नागरिकलाई खुशी पार्ने खालका कदमहरु चाल्नु भएको छ । नेपाल वायुसेवा निगमका कर्मचारीको आन्दोलन स्थगन, त्रिभुवन बिमानस्थलको आन्तरिक हवाइ उडान क्षेत्रको छड्के अनुगमनदेखि बिभिन्न राम्रा कुरा र कामहरु गर्दै आउनु भएका मन्त्री आलेले पुनः नागरिकलाई प्रतक्ष फाइदा पुग्ने खालको कदम चाल्नु भएको छ । सुदूरपश्चिमका पहाडी जिल्लामा हवाइ उडान नभएर खाली खासै मैदानमा परिणत भएका बिमानस्थलमा मन्त्री आलेको निर्देशनमा आइतबारदेखि हवाइ उडान सुरु हुने भएको छ ।

मन्त्री आलेको निर्देशनमा नेपाल वायुसेवा निगमका जहाँजले अब दैनिक रुपमा सुदूरपश्चिमका पहाडी जिल्लामा आइतबारदेखि हवाइ उडान भर्ने भएको छ । बेमौषमी बर्सातसँगै आएको बाढी पहिराले यहाँका पहाडी जिल्लाका राजमार्गहरु अवरुद्ध भएका कारण यातायात सेवा पनि बन्द भएकाले मन्त्री आलेले नागरिकलाई सहज रुपमा सेवा दिने उदेश्यले वायुसेवा निगमका जहाँज सञ्चालन गर्न निर्देशन दिनु भएको हो । मन्त्री आलेले जहाँज नियमित उडान गर्न निर्देशन दिएको खबर पाएपछि सुदूरपश्चिमका नागरिकहरु उहाँप्रति निकै खुशी हुनुका साथै धन्यबाद समेत दिन थालेको आदर्श गाउँपालिका तलाराका स्थानीयवासी टेकबहादुर सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “बाढी पहिराले आवत जावतमै कठिन भएको बेला मन्त्री ज्युले जहाँज चलाउन निर्देशन दिनुभयो, हाम्रा लागि खुशीको विषय बनेको छ, नागरिक खुशी भएका छन् ।”

मन्त्री आलेको निर्देशन पछि सुदूरपश्चिमका पहाडी जिल्लाहरु बझाङ, बाजुरा र डोटीमा नेपाल वायुसेवा निगमले कैलालीको धनगढीबाट नियमित रुपमा हवाइ सेवा सञ्चालन गर्ने तयारी भएको नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “बाजुरामा हाम्रो जहाँज सञ्चालन थियो, अब मन्त्री ज्युको निर्देशन पछि बझाङ, बजुरा र डोटीमा नियमित हवाइ उडान सञ्चालन हुने छ ।” बर्सातका कारण बाढी पहिराले राजमार्ग अवरुद्ध हुँदा त्यहाँका नागरिकलाई यातयात सेवाका लागि निकै सास्ति हुँदै आएको छ । बाढी पहिराले गरेको क्षतीका बारेमा निरीक्षण तथा अवलोकनका लागि सुदूरपश्चिम पुग्नु भएका मन्त्री आलेलाइ त्यहाँका नागरिकले बाढी पहिराले बाटा, घाटा र सडक अवरुद्ध हुँदा समस्या भएको र जहाँज सञ्चालनका लागि आग्रह गरेपछि उहाँले सुदूरपश्चिममा पहाडी जिल्लामा जहाँजको नियमित उडान गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिनु भएको हो । मन्त्री आलेको निर्देशन पछि सुदूरपश्चिमका पहाडी जिल्लामा आइतबारबाट कैलालीको धनगढी बिमानस्थलबाट जहाँज चलाउनका लागि सम्पूर्ण तयारी पुरा भएको नेपाल वायुसेवा निगमले जनाएको छ । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा सहुलियत भाडा दर कायम गरी हवाइ उडान गर्ने योजना रहेको वायुसेवा निगमको कार्यालयले जनाएको छ । मन्त्री आलेकै निर्देशनमा नेपाल वायुसेवा नगमले आइतबारदेखि धनगढी–काठमाडौ पनि उडान गर्ने भएको छ ।

यसैबिच मन्त्री आलेले आजै कैलालीको धनगढीमा रहेको गेटा विमानस्थलको समेत निरीक्षण गर्नु भएको उहाँको स्वकीय सचिवालयले जनाएको छ । बिमानस्थलको निरीक्षण गर्नु हुँदै मन्त्री आलेले गेटा बिमान स्थललाई राष्ट्रिय स्तरको विमान स्थलमा बिस्तार गर्नु पर्ने बताउनु भएको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार कुल ८३ बिगाहा क्षेत्रफल रहेको विमान स्थललाई थप व्यवस्थित र सुविधा सम्पन्न बनाउनको लागि बजेट विनियोजन गर्ने समेत मन्त्री आलेले प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

विमल विष्ट

प्रतिक्रिया दिनुहोस
रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्

साना दल फुटाउन अध्यादेश आउने संकेत

    विपक्षी दलहरुले साना दलहरु फुटाउन सरकारले अध्यादेश ल्याउनसक्ने आशंका गरेका छन्