यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति पायो



हाम्रो इकोनोमि

 

 

नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त भएको कम्पनीले जनाएको छ । प्राधिकरणले ननसेड्यूल तथा चार्टर्ड उडान गर्न सक्ने गरी अन्तर्राष्ट्रिय उडानको एओसी पाएको छ । एओसी पाएसँगै यति अब दक्षिण एसिया तथा दक्षण पूर्वी एसियाली मुलुकमा उडानका लागि तयार रहेको कम्पनीका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

‘हामी अब अन्तर्राष्ट्रिय उडानमा पनि तयार छौं,’ उनले भने, ‘चार्टर्ड र ननसेड्यूल उडानमा अब यतिले सेवा दिने छ ।’ कम्पनीसँग अहिले एटीआर ७२ जहाजहरु रहेका छन् । यी जहाज छोटा दूरीको अन्तर्राष्ट्रिय गन्तब्यमा उडान गर्न सक्ने क्षमताका हुन् । यतिले एओसी पाएसँगै नेपालबाट अन्तर्राष्ट्रिय उडानको अनुमति लिने वायुसेवा कम्पनीको संख्या पाँच पुगेको छ । नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, बुद्ध एयर र श्री एयरलाइन्ससँग यसअघि नै एओसी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
लिपुलेकबाट व्यापार सुरु गर्दै भारत-चीन

    नेपालले आफ्नो नक्सामा समावेश गरेको लिपुलेक भञ्ज्याङ हुँदै भारत र चीनले...

इरानको पावर प्लान्टमा आक्रमण गर्ने ट्रम्पको चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन् । उनले...

इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...