नेपाल वायु सेवा निगमको ई–टिकट लागु गर्नुस : मन्त्री आले



हाम्रो इकोनोमि

 

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायु सेवा निगमलाई तत्काल इ–टिकटिङ लागु गर्न निर्देशन दिनु भएको छ । मन्त्रालयमा आयोजना गरिएको मन्त्रालय यवं अन्र्तगतका निकाएका प्रमुखहरुसँगको छलफलका क्रममा मन्त्री आलेले नेपालको ध्वजा बाहक नेपाल वायु सेवा निगमबाट प्रदान गरिने सेवाहरु विद्युतिय माध्यमबाट प्रदान गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो, “नेपाल वायु सेवा निगमबाट प्रदान गरिने सेवाहरु नागरिकले छिटो छरितो जानकारी लिनका लागि सेवाहरु विद्युतिय माध्यमबाट जानकारी दिनसक्ने गरी व्यवस्था गर्नुस, निगमबारे सबैले नागरिकले जानकारी पाउन सकुन ।” निर्देशन कै क्रममा मन्त्री आलेले नेपालको एकमात्र राष्ट्रिय ध्वजा बाहक विमान सेवा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धि बनाउनका लागि सबैले हातेमालो गर्नु पर्ने बताउनुभयो । नेपाल वायु सेवा निगमलाई प्रतिसप्रधि बनाएर यसको संरक्षण तथा सम्वद्र्धन गर्न समेत मन्त्री आलेले आग्रह गर्नु भयो ।
सो कार्यक्रममा संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सचिब यादवप्रशाद कोइरालाले नेपाल वायु सेवा विमानको खस्किदो अवस्था भएकाले उक्त अवस्थालाई माथी उकास्नका लागि ठोस पहल कदमी चाल्नु पर्ने अवस्था सृजना रहेको जानकारी दिनुभयो । उक्त कार्यक्रममा मन्त्रलय मातहत निकायका कर्मचारीहरुले आफ्ना बिभाग तथा कार्यलयहरुमा हाल सम्म भए गरेका समस्या तथा चुनौतीका वारेमा मन्त्री आलेलाई क्रमशः जानकरी गराएका थिए ।

विमल विष्ट

प्रतिक्रिया दिनुहोस
इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...

तोलामा १२ हजार ५ सय रुपैयाँ घट्यो सुनको भाउ

    आइतबार एकैदिन सुनको भाउ तोलामा १२ हजार ५ सय रुपैयाँ घटेको...

लिपुलेकबाट व्यापार सुरु गर्दै भारत-चीन

    नेपालले आफ्नो नक्सामा समावेश गरेको लिपुलेक भञ्ज्याङ हुँदै भारत र चीनले...