एमाले महासचिव पोखरेलबाट आफ्नो निर्वाचन क्षेत्रका विकास योजनाको निरीक्षण



हाम्रो इकोनोमि

 

नेकपा एमालेका महासचिव एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले आज काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा निर्माण भइरहेका विभिन्न विकास योजनाहरुको निरीक्षण गर्नुभएको छ । महासचिव पोखरेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ स्थित बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर–६ को च्यासिडोलपार्क र धरमपुर बस्ती, वडा नम्बर ७ मा रहेको पानचोक सामुदायिक भवन र हेपाली सडक ढलान लगायतको विकास योजनाहरुको निरीक्षण र जानकारी लिनुभएको हो । निरीक्षणका क्रममा महासचिव पोखरेलले स्थानीयहरुसँग अन्तरक्रिया पनि गर्नुभएको थियो । पूर्वउपप्रधानमन्त्री पोखरेलले केही दिन अघि बुढानिलकण्ठ नगरपालिकाकै वडा नम्बर ४ र ६ मा भइरहेका बिभिन्न विकास योजनाहरुको पनि निरीक्षण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...