राजेन्द्र स्थापित सहित १४ अग्रज पत्रकार पुरस्कृत



हाम्रो इकोनोमि

 

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले १४ जना अग्रज पत्रकारहरुलाई सम्मान गरेको छ । शाखाले आफ्नो २२ औं साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा विभिन्न पुरस्कारद्धारा सम्मान गरेको हो । काठमाडौं शाखाले शनिवार प्रज्ञाभवन कमलादीमा अन्तक्रिया, अग्रज पत्रकार सम्मान तथा “पत्रकारिता” नामक स्मारिकाको लोकापर्ण गर्यो ।

यसपटक पुरस्कृत भएका अग्रज पत्रकारहरुमा अशोक श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार – राजेन्द्र स्थापित, अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार – शम्भु श्रेष्ठ, शक्ति लम्साल स्मृति पत्रकारिता पुरस्कार – बलराम थापा, जसुदा प्रधान स्मृति पत्रकारिता पुरस्कार – देबेन्द्र चुडाल, शोभा शाह स्मृति पत्रकारिता पुरस्कार – निर्मला शर्मा, डम्बर गिरी स्मृति पत्रकारिता पुरस्कार – विश्वराज किरात रहेका छन् ।

त्यस्तै वासुदेव दाहाल स्मृति पत्रकारिता पुरस्कार – इन्द्र रिजाल, मुरारी गौतम स्मृति पत्रकारिता पुरस्कार – निरोधराज पाण्डे, चक्रपाणी नेपाल स्मृति पत्रकारिता पुरस्कार – ज्ञान उदास, रामचन्द्र हुमागाँइ स्मृति पत्रकारिता पुरस्कार – इश्वरीप्रसाद वाग्ले, गोविन्द शर्मा स्मृति पत्रकारिता पुरस्कार – मानध्वज लामा, एमडी कुलुङ स्मृति पत्रकारिता पुरस्कार – टिवी विरही, तारा न्यौपाने स्मृति पत्रकारिता पुरस्कार – गोपाल बुढाथोकी र फणिन्द्र दाहाल स्मृति पत्रकारिता पुरस्कार – दामोदरप्रसाद दवाडी रहेका छन् ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...