सर्लाहीमा झडप हुँदा दुई डिएसपीसहित २२ प्रहरी घाइते



हाम्रो इकोनोमि

 

एक दलित व्यक्तिकाे हत्याको विषयलाई लिएर प्रहरी कार्यालय घेराउ गर्न गएको समूहसँगको झडपमा परी सर्लाहीमा दुई प्रहरी नायब उपरीक्षक (डिएसपी)सहित २२ प्रहरी घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी मदन कुँवर, इलाका प्रहरी कार्यालय बरहठवाका डिएसपी उद्धवसिंह भाट, सशस्त्र प्रहरीका इन्सपेक्टर राजकुमार झासहित २२ प्रहरी घाइते भएका हुन्।

रामनगर ७ सिसौटका महेन्द्र रामको हत्याको विषयमा बुधबार  प्रहरी कार्यालय घेराउ गर्न सांसद अमरेशकुमार सिंहसहितको समूह पुगेको थियो। त्यसक्रममा प्रदर्शनकारीले प्रहरी कार्यालयमा ढुंगा हानेपछि झडप भएको प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए।

कुँवरको छातीमा चोट लागेको छ भने भाटको हातका औंलाहरू भाँचिएका छन्। उनीहरूसहित अन्य प्रहरीको जिल्ला अस्पताल सर्लाहीमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय घेराउका क्रममा ढुंगा प्रहार हुँदा प्रहरी कार्यालयका सिसाहरू फुटेका छन्। सशस्त्र प्रहरीका १८ वटा ट्रान्सपारेन्ट सिल र नेपाल प्रहरीका १३ ट्रान्सपारेन्ट सिल भाँचिएका छन्। सयौं मानिसले घेराउ थालेपछि सशस्त्र प्रहरी बलबाट डिएसपी सरोज खड्काको नेतृत्वमा एक सय प्रहरी मद्दतका लागि बोलाइएको थियो।

सिसौटमा गत असोज २१ गते बारीमा घिरौंला टिपेको विषयमा दुई पक्षबीच ढुंगा हानाहान भएको थियो। स्थानीय चन्दुनन्न महरा र विनोद महरा पक्षबीच ढुंगा हानाहान हुँदा ६५ वर्षीय महेन्द्र घाइते भएका थिए।

उनको उपचारको क्रममा वीरगन्जस्थित नेपाल इन्डो अस्पतालमा भोलिपल्ट २२ गते मृत्यु भएको थियो। मृत्युपछि आफन्तले १० लाख रुपैयाँ क्षतिपूर्ति, सहिद घोषणालगायत माग गरेका छन्।

उक्त घटनामा एक महिला र दुई पुरुष पक्राउ परेका छन्। तर, आन्दोलनकारीले भने अन्य ९ जनाको नाम पनि समावेश गरेर जाहेरी दरखास्त दर्ता गर्नुपर्ने दबाब दिएका छन्। ती अन्य नाम भने घटनामा संलग्न नभएकाहरूको रहेकाले जाहेरी दर्ता गर्न नसकिने प्रहरीले बताउँदै आएको छ।

‘घटनामा संलग्न नभएका व्यक्तिहरूको नाम आएपछि जाहेरी दरखास्तमा समावेश गर्न सकिएन, उहाँहरूले नभएका व्यक्तिहरूको नाम दिनुभएको छ,’ राठौर भन्छन्, ‘संलग्न तीन जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको छ। यसमा उहाँहरूलाई चित्त नबुझेको हो।’

सांसद सिंहले भने प्रहरीले जाहेरी दरखास्त लिन नमानेकाले दबाबमूलक कार्यक्रम गर्न प्रहरी कार्यालय पुगेको बताए। ‘आजसम्म शव उठेको छैन, प्रहरीले जाहेरी दरखास्त लिएर संलग्न सबैलाई कारबाही गरोस् भनेर गएका हौं,’ उनले भने।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...

समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...