नेविसंघमा कुरा मिल्यो, १ सय १७ केन्द्रीय समिति, ९ महामन्त्री



हाम्रो इकोनोमि

 

भातृसंस्था नेपाल विद्यार्थी संघको तदर्थ समितिमा ६० प्रतिशत पौडेल सिटौला समुहले भाग पाउने भएपपछि नेपाली कांग्रेसभित्रको विवाद साम्य भएको छ । नेपाल बिद्यार्थी संघको तदर्थ समितिमा पौडैल र सिटौला समूहलाई ६० प्रतिशत हिस्सा दिन सभापति शेरबहादुर देउवा तयार भएका छन् ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृृष्णप्रसाद सिटौला समुह लामो समयदेखि असन्तुष्ट बन्दै आएको थियो । पार्टी केन्द्रीय समितिको बैठक पनि बहिष्कार गर्दै आएका थिए । तर देउवाले नेविसघको बिधान नै मिचेर तदर्थ समिति गठन गर्न तयार भएपछि विवाद साम्य हुन थालेको हो ।

एक बर्षअघि कांग्रेस केन्द्रीय समितिले नेविसंघ विधानमा अबदेखि ३२ वर्षे उमेरहद लागू गर्ने, एक निर्वाचित र एक मनोनित गरी दुई जनामात्रै महामन्त्री बनाउन मिल्ने विधानत व्यवस्था गरेको थियो । तर तदर्थ समितिमा ९ जनासम्म महामन्त्री बनाउने तयारी गरिएको छ । एक सय एक केन्द्रीय समितिलाई बढाएर १ सय २७ केन्द्रीय समिति बनाउने देउवा र पौडेलबीच सहमति भएको छ । उपाध्यक्ष, महामन्त्री र सहमहामन्त्री विधानले कल्पना गरेभन्दा धेरै राख्ने सहमति भएका छन्। भागबन्डा मिलाउनकै लागि नेविसंघमा नौ जना महामन्त्री राखिँदै छ ।

देउवाले नेविसंघ सभापतिसहित तीन महामन्त्री आफूले राख्दैछन्। नेविसंघमा रहने नौ महामन्त्रीमध्ये सभापति देउवा पक्षबाट तीन जना, वरिष्ठ नेता पौडेलबाट तीन , उपसभापति विजयकुमार गच्छदारबाट एक जना र पूर्वमहामन्त्री सिटौलाबाट दुई जना राख्ने गरी भागबन्डा गरिएको छ ।

३३ सदस्यीय पदाधिकारीसहित केन्द्रीय कार्यसमिति एक सय एक सदस्यीय हुने नेविसंघ विधान छ। तर अहिले विधान मिचेर एक सय २७ सदस्यीय नेविसंघ बनाउन लागिएको हो। सभापति देउवा पक्षका केन्द्रीय समिति सदस्य मात्रै उपस्थित पुस ११ गतेको बैठकले २८ बाट बढाएर ४७ विभाग गठन गर्ने निर्णय गरेपछि पौडेलले सच्याउन माग राखेका थिए।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...