गर्भवती हुँदा किन लाग्छ वाकवाकी, हेर्नुस् यस कारणले लाग्छ ।



हाम्रो इकोनोमि

 

 

नेपालमा प्रेग्नेन्सी टेस्ट गराउने प्रचलन निकै कम छ । सहरी क्षेत्रमा यसको क्रम बढे पनि ग्रामीण भेगमा भने अधिकांशले गराउँदैनन् । केही लक्षणका आधारमा गर्भवती भएको अड्कल लगाउँछन् । मुख्य रूपमा वाकवाकी र बान्तालाई गर्भवतीको संकेतका रूपमा लिने गरेको पाइन्छ । तर, गर्भ रहेपछि किन यस्तो हुन्छ त भन्ने कुरामा भने धेरै मानिस अनभिज्ञ हुन सक्छन् । कहिलेकाहीँ गर्भ नबस्दासमेत गर्भवतीको लक्षण देखिन सक्छ । यो एक प्रकारको समस्या हो ।

यसकारण वाकवाकी र बान्ता-एचसिजी हर्मोनका कारण गर्भवती महिलालाई वाकवाकी लााग्ने र रिंगटा लाग्ने गर्छ । जसलाई ‘प्रेग्नेन्सी हर्मोन’ पनि भन्ने गरिन्छ । यस्तो हर्मोनले निषेचित अन्डालाई पाठेघरको भित्तामा आएर बस्न सघाउँछ ।स्ट्रेस र थकानका कारण पनि यस्तो हुन सक्छ ।गर्भवती अवस्थामा बान्ता र वाकवाकी लाग्ने अर्को कारण भने इस्ट्रोजिन हर्मोन हो । यस्तो हर्मोन गर्भवती महिलामा बढेर जान्छ ।अवधि-७० प्रतिशत गर्भवती महिलालाई यस्तो लक्षण देखिने गरेको पाइन्छ । सामान्यतया वाकवाकी लाग्न गर्भवती भएको ४–८ हप्ताबाट सुरु हुन्छ । र, यो क्रम १३–१४ हप्तासम्म रहन्छ । कसैकसैलाई भने अलि पछिसम्म यसले दुःख दिन सक्छ । यस्तो अवस्थामा आमालाई त असहज हुन्छ । तर, पेटमा भएको बच्चालाई भने कुनै असर पु-याउँदैन ।

घरेलु उपचार-बढी नै समस्या भएमा घरेलु उपचार विधि अपनाउन पनि सकिन्छ । त्यसका लागि वाकवाकी लाग्ने वा बढाउने खानेकुरा खानुहुँदैन । त्यस्ता खानाको गन्धबाट पनि टाढै रहँदा राम्रो हुन्छ ।-बिहान उठ्नुअघि भिजाएर राखेको गेडागुडी खानुपर्छ । जसलाई भेज लाइक टोस्ट पनि भनिन्छ । र, त्यो खाएको केही समयपछि मात्र उठ्ने गर्नुपर्छ ।-एकैपटक थुप्रै खाने बानीलाई सुधार गर्दा राम्रो हुन्छ । बरु थोरै–थोरै छोटो–छोटो समयको ग्यापमा खाँदा यस्तो समस्याबाट छुटकारा पाउन सहयोग हुन्छ । यसले स्वस्थ रहन पनि सहयोग पुग्छ ।-नेपालीको खानासँगै पानी खाने संस्कार छ । तर, खानासँग धेरै पानी नखाँदा पनि यस्तो समस्याबाट केही हदसम्म छुटकारा पाउन सकिन्छ ।

यसै पनि गर्भवती आमाले आफ्नो स्वास्थ्य र भोजनमा विशेष ख्याल राख्नुपर्छ । त्यस्तै, वाकवाकी र रिंगटा लाग्ने समस्या बढी भएमा प्रशस्त आराम गर्न आवश्यक हुन्छ ।-गर्भवती आमा बस्ने कोठा तथा घरको वातावरण खुला र राम्रोसँग हावा खेल्ने हुनुपर्छ ।-यसलाई कम गर्न अदुवा राखेर कागतीपानी पनि खान सकिन्छ ।-अधिक मात्रामा आइरनयुक्त खानाको प्रयोगले पनि यस्तो समस्यालाई धेरै घटाउन सकिन्छ । यसका लागि औषधि र चक्की पनि खान सकिन्छ । तर, स्वास्थ्यकर्मीको सल्लाहमा मात्र ।जटिलता-कतिपय गर्भवती आमालाई वाकवाकी तथा बान्ता हुने समस्या अत्यधिक हुन्छ । यसरी हुने बान्ताबाट शरीरलाई आवश्यक पर्ने महत्वपूर्ण तत्वहरूसमेत बाहिरिन सक्छ । त्यसैले यस्तो समस्या बढेमा तुरुन्तै स्वास्थ्य संस्था पुग्न आवश्यक हुन्छ ।-कहिलेकाहीँ मोलार प्रेग्नेन्सीका कारण पनि वाकवाकी लाग्ने, बान्ता हुने समस्या हुन्छ । मोलार प्रेग्नेन्सीले गर्भवती भएजस्तै लक्षण देखाउँछ, तर पेटमा बच्चा भने हुँदैन । त्यसैले यसबारे पनि सजग हुन आवश्यक हुन्छ ।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...